सूचनाको हकको २० वर्ष , पत्रकारमात्रको हक होइन सूचनाको हक

काठमाडौं,३ भदौ । केही समय पहिलेको कुरा हो, एउटा कार्यक्रममा राजधानी नजिकैको एक स्थानी तहका जनप्रतिनिधि भेटिएका थिए । उनका अनुसार सूचनाको हक पत्रकारको हो भन्ने अहिलेसम्म उनको बुझाई थियो । सूचनाको हकसम्बन्धी ऐन जारी भएको दुई दशकपछि उनले थाहा पाए, यो हक त आम नागरिकले पनि उपयोग गर्न पाउने मौलिक हक रहेछ जसको प्रत्याभूति नेपालको संविधानले गरेको छ ।

वास्तवमा माथि चर्चा गरिएको जनप्रतिनिधि त एक उदाहरणमात्र हुन । खोज्दै गए यस्ता उदाहरण अनेक पाउन सकिन्छन् । नेपालमा सूचनाको हक र यससम्बन्धी कानुन पत्रकारमात्रको हो भन्ने भ्रमपूर्ण बुझाई विकसित भएको पाइन्छ । जो कुनै न कुनैरुपमा अहिलेसम्म विद्यमान छ । कहाँसम्म भने शैक्षिकरुपमा सबैभन्दा सशक्त मानिएको नेपालको कर्मचारीतन्त्रमा पनि केही हदसम्म यो भ्रम विद्यमान छ भन्दा अतिशयोक्ति हुँदैन ।

यो नागरिकको मौलिक अधिकार हो भन्ने यथार्थ धारणाको प्रशार नै हुन सकेन । यो कुनै एक वर्ग वा पक्षको अधिकार होइन यो सबै नेपालीको अधिकार हो भन्ने कुराको व्यापक बुझाई अनिवार्य छ ।

आज भदौ ३ । २० वर्षपहिला आजैका दिनदेखि यो हक लागू भएको थियो । २०६४ सालको साउनको ५ गते त्यसवखतको संसदबाट पारित भएर भदौ ३ गतेदेखि लागू हुने भनिएको थियो । लागू त भयो तर यो ऐनको कार्यान्वयनसँग जोडिएका अनेक समस्या र चुनौती यथावत छन । सुशासन कायम गर्न अत्यन्त महत्वपूर्ण संयन्त्रका रुपमा स्वीकार गरिने सूचनाको हकको कार्यान्वयन् न त हिजोका दिनमा सरकारको प्राथमिकतामा थियो न त वर्तमानमा नै सरकारले यसतर्फ समुचित ध्यान दिएको अनुभूत गरिएको छ । गत चैतमा कानुन संशोधन गरी रीक्त रहने गएको आयोगको नेतृत्वपूर्तिको कार्य हालसम्म पनि सकारको प्राथमिकतामा पर्न नसक्नु यस्तै उदासीनताको एक उदाहरण हो भन्दा अन्यथा हुँदैन ।

विश्वमा सूचनाको हकको अभियानको अध्ययन् गर्ने हो भने यसको पक्षमा अभियान सञ्चालन गर्ने नेतृत्वमा विविध समूहको उपस्थिति रहेको पाउन सकिन्छ । जुन देशमा जुन समूहले यस अभियानको नेतृत्व गर्यो त्यहाँ धेरै समयसम्म यो हक त्यही वर्गको हो भन्ने बुझाई स्थापित भइरह्यो ।

भारतमा प्रारभ्ममा यस अभियानको नेतृत्व राजस्थानको मजदूर किसान शक्ति संगठनले गरेको पाइन्छ । यस आधारमा त्यहाँ धेरै समयसम्म यो हक मजदूर र किसानको हो भन्ने मान्यता कायम रहिरह्यो । यस्तै अवस्था अन्य देशका सम्बन्धमा पनि छ ।

नेपालमा भने यो हकको पक्षमा यहाँका पत्रकारले अभियानको नेतृत्व गरेको पाइन्छ । नेपालको संविधान २०४७ को धारा १६ मा पहिलोपटक यो हकको व्यवस्था गरिएपछिका दिनमा कानुन निर्माणका लागि यहाँका पत्रकारले निरन्तर आवाज उठाएका हुन् ।

नेपाली पत्रकारले कम्तिमा २०५६ देखि यस हकको कार्यान्वयन्का लागि कानुन निर्माणको पहल गरेका हुन् । पत्रकार महासंघ र नेपाल प्रेस इन्स्टिच्यूट९एनपिआएई०ले ०५७÷५८ तिर सूचनाको हकसम्बन्धी कानुनको मस्यौदा तयार गरेको हो । प्रारम्भमा यो हकसम्बन्धी कानुन गैरसरकारी विधेयकका रुपमा संसदमा पेश भएको थियो । तर त्यसपछिको शाही शासन र अस्थिर राजनीतिका कारण यस विधेयकले महत्व पाउन सकेन ।

०६२÷६३ को जनआन्दोलन सफल भएपछि जारी नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ मा यो हकको व्यवस्था भयो र २०६४ मा सूचनाको हकसम्बन्धी ऐन संसदबाट जारी भयो । नेपालमा सूचनाको हकको यही पृष्ठभूमीका आधारमा यो हक पत्रकारको हो भन्ने बुझाई विकसित हुन पुग्यो, जो पूर्णतः गलत हो । जनमानसमा यो बुझाई कायम रहेसम्म सूचनाको हकको पूर्ण कार्यान्वयन्का सन्दर्भमा प्रश्नहरु उठि रहन्छन् । यस्तोमा यो भ्रमको निवारण आवश्यक छ र यसको पहल स्वयं पत्रकारबाट हुनु अपेक्षित छ ।

सूचनाको हक आजको विश्वमा क्रमशः अपरिहार्य सिद्ध भइरहेको छ । एउटा जमाना थियो जब विश्वका सरकारहरु आमजनतालाई सुसूचित गर्न चाहँदैनथे र यो हक स्थापित गर्न÷गराउन अरुची देखाउँथे ।

आज अवस्थामा परिवर्तन आएको छ, विश्वमा सूचना सम्प्रेषणसम्बन्धी मान्यतामा परिवर्तन आएको छ । सूचना अर्थात थाहा पाउने हकलाई कुनै पनि सरकारले ठाडै अस्वीकार गर्न सक्ने अवस्था छैन । कसैले अस्वीकार गर्छ भने, बुझ्नुपर्छ त्यो सरकार लोकतान्त्रिक होइन ।

ज्ञातव्य छ, जनतालाई यो हक औपचारिकरुपमा प्रदान गर्ने कुराको प्रारम्भ सन १७६६ मा स्वीडेनबाट भएको थियो । विडम्बना, त्यसपछिको दुई सय वर्षसम्म विश्वमा यस हकको प्रचलन र प्रचारका सन्दर्भमा खासै विकास हुन सकेन । सन १९६० सम्म यो हक स्वीडेन र फिनल्याण्डमामात्र प्रचलनमा थियो भने सन् १९६६ मा अमेरिकामा यससम्बन्धी अधिकारको व्यवस्था भएको इतिहास साक्षी छ ।

विकासक्रमको अध्ययन् गर्ने हो भने सन १९९० पछिमात्र यस हकको प्रशारले अपेक्षित गति पाउन सकेको देखिन्छ । सन १९९० सम्म यो हकसम्बन्धी कानुन विश्वका १४ देशमा मात्र थियो भने एक दशक अर्थात सन २००० सम्म यो संख्या बढेर ४० पुग्यो । अहिले भने विश्वमा १४० भन्दा बढी देशमा यो कानुन लागू रहेको अवस्था छ ।

यसबाट स्पष्ट हुन्छ सन् ९० पछि सूचनाको हकसम्बन्धी मान्यताले गति पाएको छ । त्यसको कारण के हो भने यसपछिमात्र यसलाई लोकतन्त्रसँग स्पष्टरुपले जोडेर हेर्न थालिएको हो । स्मरणीय छ, १९९० को दशकलाई विश्वमा लोकतान्त्रिक आन्दोलनको दशकका रुपमा बुझ्ने गरिएको छ ।

नेपालको सन्दर्भ पनि विश्लेषण गर्ने हो भने शायद १९९० कै विश्वव्यापी लोकतान्त्रिक आन्दोलनको प्रभाव हो, नेपालमा पनि लोकतान्त्रिक आन्दोलन सफल भयो र २०४७ को संविधानमा पहिलोपटक सूचनाको हकको अधिकार संस्थागत गरियो र त्यसपछिका प्रत्येक संविधानमा यो हकले निरन्तरता पायो ।

प्रश्न उठ्न सक्ला यो हक किन महत्वपूर्ण छ ?उत्तर सोझो छ, सूचनाको हकले पारदर्शिता, सुशासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र जबाफदेही शासन प्रणाली कायम गर्ने विश्वास गरिन्छ । विद्वानहरुले यसलाई प्रश्न सोध्ने अधिकारका रुपमा पनि व्याख्या गरेका छन् ।

यस हकको प्रयोग गरेर प्रत्येक नागरिकले सार्वजनिक निकायद्वारा सम्पादन हुने कुनै पनि काम कारबाही, निर्णय तथा सोसम्बन्धी प्रक्रियाका बारेमा प्रश्न सोध्न सक्छन् र आफूलाई आवश्यक् परेको सचना माग्ने तथा पाउने अधिकार राख्दछन् । यस अवस्थामा, स्वभाविकरुपले एउटा प्रश्न उठ्ने गर्दछ, के संविधान र कानुनले प्रत्याभूत गर्दैमा यस हकको प्रभावकारी र्काान्वयन् हुन सकेको छ त ? निश्चय पनि यसको उत्तर सन्तोषजनक छैन ।

ऐन जारी भइसकेपछिका दिनमा पत्रकार महासंघले यसको कार्यान्वयन्का पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरणीय छ । सूचनाको हकसम्बन्धी नियमावली २०६५ को निर्माण र यसको जारी गर्ने सन्दर्भमा पनि महासंघको भूमिका निकै महत्वपूर्ण छ । यस हकलाई आमजनतासम्म पुर्याउन प्रचार प्रशारका दृष्टिले महासंघका शाखाहरुले पनि सशक्त भूमिका निर्वाह गरेको सत्य हो ।

तर यति हुँदाहुँदै पनि यो हकको कार्यान्वयन् र जनताबीच स्थापित हुने सन्दर्भमा अनेक समस्या छन् । पछिल्ला दिनमा पत्रकार महासंघ, जसले यस ऐनको उठान गरेको हो, ले पनि यसलाई अभियानका रुपमा सञ्चालन गर्न सकेको छैन । यसको मूल कारण आर्थिक हो भनेर बुझ्दा फरक पर्दैन । तर अन्य कामका लागि अर्थको जोहो गर्न सक्ने गैरसरकारी संघ संस्थाको प्राथमिकतामा यो हकको प्रचार प्रसार र कार्यान्यन्को कुरो नपर्नु भने उदेकलाग्दो छ ।

यसको सोझो अर्थ लगाउन सकिन्छ यस्ता संघ संंस्था, जो कानुनअनुसार सार्वजनिक निकाय हुन्, ले आफूहरुले पनि सूचनाको खुलासा गर्नुपर्ने संशयको उपस्थितिमा यो हकको कार्यान्वयन्माथि निश्चय पनि प्रश्न उठ्छ । यस अवस्थामा सुधार ल्याउनु जरुरी छ । जबसम्म यस स्थितिमा सुधार आउँदैन सूचनाको हकको इमानदार कार्यान्वयन्माथि प्रश्न उठिरहन्छ ।

(सूचनाको हकका अभियन्ता लेखक झा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष हुन ।)

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सांसद र मन्त्रीहरूलाई रवि लामिछानेको चेतावनी : सच्चिनुहोस्, गतिविधि पारदर्शी बनाउनुहोस्

काठमाडौं,३ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बुधबार मन्त्री र सांसदहरूसहित संसदीय दलको बैठक राखेर कडा निर्देशन दिनु भएको छ।दलका नेता वालेन्द्र

बर्दियामा समस्याग्रस्त पाटे बाघ नियन्त्रणमा

बर्दिया,३ भदौ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका–४ स्थित पाटालचुली सामुदायिक वनबाट समस्याग्रस्त पाटे बाघलाई नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जका प्राविधिक,

४ महिनामा सर्पदंशबाट ६६ जनाको मृत्यु

काठमाडौँ,३ भदौ । देशभर सर्पदंश (सर्पको टोकाइ) का कारण पछिल्लो चार महिनामा ६६ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण

काँडेतारले वन्यजन्तु रोक्दै पाल्पाको ख्याहामा खेती जोगाउने अभियान

पाल्पा ,३ भदौ । रिब्दीकोट गाउँपालिका–१, ख्याहामा बाँदरलगायत वन्यजन्तुबाट खेतीबाली जोगाउन वडा कार्यालयले खेतमै हेरालु परिचालन गरेको छ। बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले मकैबालीमा क्षति

आकाशे पुल एकातिर, ज्यान जोखिममा पारेर चक्रपथ पार गर्दै यात्रु

काठमाडौँ,३ भदौ । सुरक्षित आवागमनका लागि करोडौँ खर्चेर बनाइएका आकाशे पुललाई बेवास्ता गर्दै चक्रपथमा पैदलयात्रुहरू दैनिक ज्यानकै बाजी लगाएर सडक पार गरिरहेका छन्। बालकुमारीदेखि सातदोबाटो,

सरकार र रास्वपा माथि सांसद पोर्तेलको कडा प्रहार

काठमाडौँ,३ भदौ। नेकपा एमालेका सांसद सोमनाथ पोर्तेलले सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिकामाथि संसद्मा कडा प्रहार गर्नु भएको छ।राष्ट्रिय सभाको बुधबारको बैठकमा विशेष समय