काठमाडौं उपत्यकामा ट्राफिक नियम मिच्ने ६३ सवारीमाथि कारबाही

काठमाडौं , असोज १०। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६३ सवारीसाधनमाथि पछिल्लो २४ घण्टामा कारबाही गरिएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको अवधिमा मादक पदार्थ सेवन (मापसे), सीसीटीभी, रेड लाइट, तीव्र गति, हर्न, लेन अनुशासन, सवारीको अवस्था तथा ‘वन वे’ लगायतका नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरिएको हो ।

कारबाहीमा तीव्र गतिका ३, हर्नसम्बन्धी १, रेड लाइट १, ‘वन वे’ १ तथा अन्य प्रकृतिका ५७ वटा छन् ।ट्राफिक प्रहरीले उपत्यकामा सवारी आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन ट्राफिक नियमको पालना गर्न चालक तथा सर्वसाधारणलाई आग्रह गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिकसम्बन्धी आपत्कालीन सहयोगका लागि १०३ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस महाधिवेशनमा सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेतृत्वलाई आमन्त्रण

काठमाडौं , असोज १०। नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ ।कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका

सप्तरीको तिलाठी कोइलाडीमा कोशी पस्यो : १७ घर डुबानमा, सशस्त्रको क्याम्प पनि प्रभावित

सप्तरी , १० असोज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितमध्ये चार जना

पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभिर खण्ड एकतर्फी खुल्यो

काठमाडौं , १० असोज। धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो

कांग्रेसका ६ वटै तहमा ‘जेनजी’ पुग्ने, इतर समूहद्वारा निर्देशिका तयार

१० असोज, काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका ६ वटै तहमा नवयुवा (जेनजी)को प्रतिनिधित्व गराउने भएको छ ।१५ औं

भित्ताका तस्वीर धमिलिँदै गए, तर बाढीमा बेपत्ता आफन्त खोज्नेको पर्खाइ मेटिएन

काठमाडौं , असोज १०। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको एउटा भित्तामा टाँसिएका फोटाहरू अहिले धमिलिँदै गएका छन् । तर ती तस्वीरमा देखिने मानिसका परिवारको पर्खाइ

विवादमा मुछिएका गड्डाचौकीका भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन निर्देशन

काठमाडौं , असोज १०। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच