विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन हुने

विराटनगर , असोज १०। कोशी प्रदेशको राजधानी विराटनगरमा आगामी असोज २२ र २३ गते सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने मुख्यमन्त्री सम्मेलन आयोजना हुने भएको छ ।कोशी प्रदेश सरकारको आयोजनामा हुन लागेको सम्मेलनका लागि आवश्यक तयारी सुरु गरिएको छ । संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका समस्या, संघीयतालाई थप प्रभावकारी र बलियो बनाउन अपनाउनुपर्ने उपाय तथा प्रदेशहरूबिचका असल अभ्यास आदानप्रदानका विषयमा सम्मेलनमा छलफल हुने भएको हो ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघीयतामा देखिएका चुनौती र प्रदेशहरूले गरेका असल अभ्यासबारे छलफल गर्दै आर्थिक समृद्धि र सुशासनको बाटो पहिल्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताए ।सम्मेलनको तयारी तथा समन्वयको जिम्मेवारी कोशी प्रदेश योजना आयोगलाई दिइएको छ । मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदीका अनुसार सातै प्रदेशका मुख्यमन्त्रीसँग आवश्यक समन्वय भइसकेको छ ।

सम्मेलनमा प्रदेश योजना आयोगका उपाध्यक्ष, मुख्य न्यायाधिवक्ता तथा सम्बन्धित सरकारी अधिकारीहरूको समेत सहभागिता रहनेछ ।प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार असोज २२ गते सबै मुख्यमन्त्रीको उपस्थितिमा सम्मेलनको उद्घाटन हुनेछ । त्यसपछि प्रदेशहरूले गरेका असल अभ्यास, प्रदेशले भोग्दै आएका समस्या तथा समाधानका उपायबारे छलफल गरिनेछ ।सम्मेलनमा प्रदेश र स्थानीय तह तथा संघीय सरकारबिचको समन्वय, कानुनी समस्या र प्रदेशका साझा सवालका विषयमा समेत अन्तरक्रिया हुनेछ । प्रदेशहरूबिच साझेदारी र सहकार्यका सम्भावनालाई समेत सम्मेलनले प्राथमिकता दिने जनाइएको छ ।कार्यक्रमअन्तर्गत कोशी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सहभागी मुख्यमन्त्रीहरूलाई विराटनगर आसपासका पर्यटकीय गन्तव्यको भ्रमण गराउने कार्यक्रमसमेत तय गरिएको छ ।

उपाध्यक्ष निरौलाका अनुसार पहिलो पटक आयोजना हुन लागेको सम्मेलनलाई आगामी दिनमा नियमित बनाउने र सातै प्रदेशका मुख्यमन्त्रीबिच समन्वय तथा सहकार्यका लागि स्थायी प्रकृतिको फोरमका रूपमा विकास गर्ने तयारी गरिएको छ ।कोशी प्रदेश सरकारका प्रमुख सचिव नारायणप्रसाद भट्टले सम्मेलनमा प्रदेशहरूबिचको साझेदारी र बहुप्रदेशीय सहकार्यका विषयमा छलफल हुने भएकाले सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । उनले प्रदेशहरूका साझा समस्या पहिचान गरी समाधानका लागि सहकार्य गर्ने वातावरण बनाउन सम्मेलन महत्त्वपूर्ण हुने बताए । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा उत्पादित वस्तु अन्य प्रदेशमा लैजाने तथा अन्य प्रदेशका उत्पादन कोशीमा ल्याउने गरी व्यापार प्रवद्र्धनका लागि समझदारी गर्ने तयारी भइरहेको बताएका छन् । सम्मेलनलाई व्यवस्थित बनाउन कोशी प्रदेश योजना आयोगले आवश्यक समिति गठन तथा कार्य विभाजन गरी तयारीलाई अघि बढाएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेस महाधिवेशनमा सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेतृत्वलाई आमन्त्रण

काठमाडौं , असोज १०। नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ ।कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका

सप्तरीको तिलाठी कोइलाडीमा कोशी पस्यो : १७ घर डुबानमा, सशस्त्रको क्याम्प पनि प्रभावित

सप्तरी , १० असोज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ र ५ मा कोशी नदीको पानी बस्तीमा पस्दा १७ घरपरिवार प्रभावित भएका छन् । प्रभावितमध्ये चार जना

पहिरोले अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभिर खण्ड एकतर्फी खुल्यो

काठमाडौं , १० असोज। धादिङको कृष्णभिरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । बेनिघाट रोराङ गाउँपालिकाका – ७ वडाध्यक्ष कुमार बस्नेतले दिउँसो

कांग्रेसका ६ वटै तहमा ‘जेनजी’ पुग्ने, इतर समूहद्वारा निर्देशिका तयार

१० असोज, काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका ६ वटै तहमा नवयुवा (जेनजी)को प्रतिनिधित्व गराउने भएको छ ।१५ औं

भित्ताका तस्वीर धमिलिँदै गए, तर बाढीमा बेपत्ता आफन्त खोज्नेको पर्खाइ मेटिएन

काठमाडौं , असोज १०। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरको एउटा भित्तामा टाँसिएका फोटाहरू अहिले धमिलिँदै गएका छन् । तर ती तस्वीरमा देखिने मानिसका परिवारको पर्खाइ

विवादमा मुछिएका गड्डाचौकीका भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन निर्देशन

काठमाडौं , असोज १०। कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीबीच