पश्चिम नेपालमा अति भारी वर्षा : बाढी र पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ , असोज १०। नेपालको पश्चिमी भूभागमा भारी वर्षा भइरहेकाले बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी प्रदेशहरूमा भारीदेखि धेरै भारी वर्षा भइरहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। पूर्वी भूभागमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै गएको छ।मौसमविद् रोजन लामिछानेका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका धेरैजसो स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। यस अवधिमा सबैभन्दा धेरै पाल्पाको अर्चले मौसम मापन केन्द्रमा २०८ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ। महाशाखाका अनुसार १५० मिलिमिटरभन्दा बढी पानी पर्नुलाई अति भारी वर्षा मानिन्छ। यसैगरी कोशी प्रदेशको सोलुखुम्बु आसपास र बागमती प्रदेशको काभ्रे, सिन्धुपाल्चोक तथा रसुवा आसपासका क्षेत्रमा पनि भारी वर्षा भएको छ। अन्य भूभागमा भने हल्कादेखि मध्यम वर्षा मात्र भएको छ।

पछिल्लो समय लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। पूर्वी भूभागअन्तर्गत कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा भने अहिले पानी परेको छैन। ती क्षेत्रमा घाम र बादल लाग्ने क्रम जारी छ। नेपालमा अहिले भारतको मध्य प्रदेश र उत्तर प्रदेश आसपास बनेको न्यून चापीय प्रणालीको प्रभाव परेको छ। बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा सोही प्रणालीमार्फत पश्चिमी क्षेत्रमा केन्द्रित हुँदा नेपालको पश्चिममा बढी पानी परेको मौसमविद् लामिछानेले जानकारी दिए। यो प्रणाली बिस्तारै पश्चिमतिर सर्दै कमजोर हुने अवस्थामा रहे पनि आज र भोलिसम्म नेपालको पश्चिमी क्षेत्रमा यसको गहिरो प्रभाव रहनेछ। आज (शनिबार) दिउँसो र राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा हल्कादेखि मध्यम तथा ५० देखि ८० प्रतिशत भूभागमा भारी वर्षा हुने सम्भावना छ।

भोलिसम्म यी प्रदेशका केही क्षेत्रमा वर्षा कायम रहनेछ। तर पूर्वी भूभागहरू कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा भने मौसम क्रमिक रूपमा सुधार हुँदै जानेछ। भोलि राति र पर्सिबाट भने देशभरिकै मौसममा सुधार आउने र पहाडी भूभागका थोरै स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाको छ। आउँदो सोमबारबाट भने देशभरको मौसम सफा रहने र कतै पानी परिहाले पनि त्यसले ठुलो प्रभाव नपार्ने बताइएको छ।पश्चिमी क्षेत्रमा लगातार भारी वर्षा हुने सम्भावना रहेकाले महाशाखाले ती क्षेत्रका लागि जोखिमको स्तर हेरी ‘सुन्तला’ र ‘रातो’ रङको चेतावनी (अलर्ट) जारी गरेको छ। रातो रङ लगाइएका क्षेत्रमा बाढी र पहिरोको जोखिम अति उच्च हुन्छ। पूर्वी क्षेत्रमा वर्षा कम हुँदै गएकाले सम्भावित जोखिम कम हुने जनाउँदै ‘पहेँलो’ रङको सतर्कता दिइएको छ।भोलि ११ गतेसम्म पश्चिमी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम उच्च छ। यसै विषयलाई मध्यनजर गर्दै मौसमविद् लामिछाने भन्छन्, ‘पहिरो जाने, डुबान हुने र कटान गर्ने क्षेत्रका सर्वसाधारण तथा सरोकारवाला निकायले आवश्यक पूर्वतयारी र सतर्कता अपनाउनुहोला।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मुगुको खत्याडमा आगलागी : दुई घर जलेर पूर्ण रूपमा नष्ट

सुर्खेत , असोज १०। मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र धन

उदयपुरमा कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु : आकांक्षी धेरै, सहमतिको प्रयास जारी

उदयपुर , असोज १०। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ। दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा

लगातारको वर्षाले कर्णाली र राप्ती राजमार्गसहित कर्णालीका अधिकांश सडक अवरुद्ध

सुर्खेत , असोज १०। लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक खण्ड अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो तथा माटो खस्दा कर्णाली राजमार्ग,

१२ सय म्यानपावर हुँदा २५ वटालाई मात्र मलेसिया पठाउन दिने तयारीप्रति व्यवसायीको आपत्ति

काठमाडौं , असोज १०। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताउनुभएको छ

उर्लिएको कालीगण्डकीमा ज्यानको बाजी लगाएर दाउरा संकलन, प्रहरीको चेतावनी बेवास्ता

पर्वत , असोज १०। तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च बनेको छ। उर्लिएको कालीगण्डकीले बगाएर ल्याएका ढुङ्गा, मुढा र दाउरा

कांग्रेस महाधिवेशनमा सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेतृत्वलाई आमन्त्रण

काठमाडौं , असोज १०। नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ ।कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका