कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्रीय अधिवेशनको तयारी पूरा, असोज १३ भित्र सम्पन्न हुने

काठमाडौँ , असोज १०। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। मौसमका कारण केही क्षेत्रमा अधिवेशनको मिति तलमाथि भए पनि अधिकांश निर्वाचन क्षेत्रमा असोज १० गतेदेखि क्षेत्रीय अधिवेशन सुरु हुने र स्थानीय अनुकूलताअनुसार असोज १३ गतेभित्र सम्पन्न गर्ने व्यवस्था गरिएको छ। क्षेत्रीय अधिवेशनमा मतदाताले एउटै पदका लागि मात्र मतदान गर्ने होइन, फरक–फरक क्लस्टरअनुसार छुट्टाछुट्टै प्रतिनिधि चयन गर्नुपर्ने व्यवस्था छ।त्यसैले मतदानअघि आफू कुन क्लस्टरमा परेको हो र सम्बन्धित क्लस्टरमा कति उम्मेदवारलाई मतदान गर्न पाइन्छ भन्ने विषय महत्वपूर्ण हुन्छ।

प्रतिनिधिसभा क्षेत्रबाट ३३ महाधिवेशन प्रतिनिधि

हरेक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।महिला क्लस्टरबाट ४ जना, खुला क्लस्टरबाट १० जना र युवा क्लस्टरबाट ३ जना निर्वाचित हुनेछन्, जसमा युवातर्फ कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था छ।त्यस्तै समानुपातिक तथा समावेशी क्लस्टरबाट १० जना प्रतिनिधि चयन हुनेछन्।यसका अतिरिक्त श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिम तथा अल्पसंख्यक, दलित र प्रजातन्त्र सेनानी/सहिद परिवार/द्वन्द्वपीडित समूहबाट एक–एक जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन्।

यसरी एउटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट कुल ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वर्षौँ बित्दा पनि बनेनन् सडक र पुल, कर्णालीका १९ आयोजना अलपत्र

सुर्खेत , असोज १०। ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि कर्णाली प्रदेशका आठ जिल्लाका १९ आयोजना रुग्ण अवस्थामा पुगेका छन्। कतिपय आयोजना

मुगुको खत्याडमा आगलागी : दुई घर जलेर पूर्ण रूपमा नष्ट

सुर्खेत , असोज १०। मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र धन

उदयपुरमा कांग्रेसको क्षेत्रीय अधिवेशन सुरु : आकांक्षी धेरै, सहमतिको प्रयास जारी

उदयपुर , असोज १०। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा प्रदेशसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया सुरु भएको छ। दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा

लगातारको वर्षाले कर्णाली र राप्ती राजमार्गसहित कर्णालीका अधिकांश सडक अवरुद्ध

सुर्खेत , असोज १०। लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक खण्ड अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो तथा माटो खस्दा कर्णाली राजमार्ग,

१२ सय म्यानपावर हुँदा २५ वटालाई मात्र मलेसिया पठाउन दिने तयारीप्रति व्यवसायीको आपत्ति

काठमाडौं , असोज १०। वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हंसराज वाग्लेले वैदेशिक रोजगार क्षेत्रमा विभिन्न नाममा सिन्डिकेट कायम रहेको भन्दै त्यसको अन्त्य गर्नुपर्ने बताउनुभएको छ

उर्लिएको कालीगण्डकीमा ज्यानको बाजी लगाएर दाउरा संकलन, प्रहरीको चेतावनी बेवास्ता

पर्वत , असोज १०। तीन दिनदेखि भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव उच्च बनेको छ। उर्लिएको कालीगण्डकीले बगाएर ल्याएका ढुङ्गा, मुढा र दाउरा