कांग्रेसका ६ वटै तहमा ‘जेनजी’ पुग्ने, इतर समूहद्वारा निर्देशिका तयार

१० असोज, काठमाडौं । समानान्तर महाधिवेशनको तयारीमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीका ६ वटै तहमा नवयुवा (जेनजी)को प्रतिनिधित्व गराउने भएको छ ।१५ औं महाधिवेशनका लागि गठन गरिएको एकराज पोख्रेल संयोजकत्वको केन्द्रीय निर्वाचन समितिले तयार गर्न लागेको ‘१५ औं महाधिवेशन निर्वाचन निर्देशिका’ मा केन्द्रदेखि वडासम्मका कार्यसमितिहरूमा उक्त व्यवस्था गरिएको छ ।निर्वाचन निर्देशिकामा सबै तहका कार्यसमितिहरूमा १८ देखि २८ वर्षसम्म उम्मेर समूहका महिला र पुरूष एक–एक जनालाई अनिवार्य रुपमा समावेश गर्नुपर्ने प्रावधान राखिएको छ ।कांग्रेसको विधानमा केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेशसभा, प्रतिनिधिसभा, गाउँ–नगर, वडा र टोल गरी आठ तहका कार्यसमितिहरू गठन हुने व्यवस्था छ । कांग्रेसमा मौजुदा अवस्थामा टोलबाहेक छ वडा कार्यसमितिहरू छन् ।

‘निर्वाचित हुने सबै तहका कार्यसमितिहरूमा एक जना १८ देखि २८ वर्षसम्मको महिला र एक जना १८ देखि २८ वर्षसम्मको नवयुवा अनिवार्य रुपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ,’ निर्देशिका निर्माणमा संलग्न स्रोतले भन्यो ।स्रोतका अनुसार, समावेशीअन्तर्गतका समूह (क्लष्टर) बाट निर्वाचित हुने प्रतिनिधिहरूमा पनि एक जना महिला र एक जना पुरुष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा समावेश गर्नु पर्ने प्रावधान राखिएको छ ।‘समावेशीअन्तर्गत समावेश गरिएका क्लष्टरबाट निर्वाचित हुने प्रतिनिधिहरूमा समेत सकेसम्म एक जना महिला र एक जना पुरुष १८ वर्षदेखि २८ वर्षसम्मको नवयुवा समावेश गर्नु पर्नेछ,’ निर्देशिकामा लेखिएको छ ।निर्वाचन निर्देशिकामा १८ देखि २८ वर्षसम्मको नवयुवा नभए खाली हुन गएको अवस्थामा अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्न सकिने बताइएको छ ।‘यदि कुनै स्थानमा १८ देखि २८ वर्षसम्मको तथा समावेशी क्लष्टरमा समेत १८ वर्ष देखि २८ वर्षसम्मको नवयुवा नभई खाली हुन गएको खण्डमा अन्य उमेर समूह वा अन्य समूहबाट पदपूर्ति गर्नलाई बाधा पुग्ने छैन,’ निर्देशिकामा उल्लेख छ ।

इतर समूहले निर्वाचन निर्देशिकामा विषयविज्ञ भएको स्थानमा विषयविज्ञको उपस्थिति पनि अनिवार्य गर्नुपर्ने बाध्यकारी प्रावधान निर्वाचन निर्देशिकामा राखेको छ ।  निर्देशिकालाई शनिबार अन्तिम रुप दिने तयारी रहेको बताएको छ ।१४ औं महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै पूर्वसभापति शेरबहादुर देउवाको समूहले जारी कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन ।उक्त समूहले २१–२३ मंसिरमा केन्द्रीय महाधिवेशन काठमाडौंमा गर्नेगरी कार्यतालिका ल्याएको छ । चुनदेवी सम्पर्क कार्यालयका अनुसार इतर समूहले १५ असोजमा देशभरका वडाहरूमा वडा अधिवेशन गर्दैछ ।१५ औं महाधिवेशनका लागि इतर समूहले पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’ गठन गरेको छ ।समितिले ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि र ५५ जिल्लामा संयोजकहरू तोकेर महाधिवेशनको तयारी गरिरहेको छ ।इतर समूहले वडा अधिवेशन गरेको भोलिपल्ट (१६ असोज) मा कांग्रेसको विशेष महाधिवेशनबाट सभापतिमा चुनिएका सभापति गगन थापा नेतृत्वको कांग्रेसले केन्द्रीय महाधिवेशन काठमाडौंमै आयोजना गर्दैछ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालय फुटसल गोल्ड कपको उपाधि मेन्टेन एफसीलाई, भोटे एफसी पेनाल्टीमा पराजित

काठमाडौं , असोज १०। तेस्रो संस्करणको ’हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ ।राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूटआउटमा ३–२ गोल

फुईयाको फुरफुर

उसले पढेको थियो, बुझेको थियो, “हिड्ने मान्छे लड्छ” भनेर। ए..बाबा नलडोस पनि कसरी, सबैले लढनै पर्छ। बालक देखि वृद्ध सम्म सबैले हिड्ने प्रयास गरेरै लड्ने हुन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

काठमाडौं , १० असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किनुभएको छ । उहा केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो

काजु र खुवाका नाममा बिस्कुटको धुलो : अनुगमनमा भेटियो उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड

 काठमाडौं , १० असोज। चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्ने उपभोक्ताहरूको घुइँचो लाग्न थालेको छ ।उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा

वर्षौँ बित्दा पनि बनेनन् सडक र पुल, कर्णालीका १९ आयोजना अलपत्र

सुर्खेत , असोज १०। ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि कर्णाली प्रदेशका आठ जिल्लाका १९ आयोजना रुग्ण अवस्थामा पुगेका छन्। कतिपय आयोजना

मुगुको खत्याडमा आगलागी : दुई घर जलेर पूर्ण रूपमा नष्ट

सुर्खेत , असोज १०। मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र धन