कांग्रेस महाधिवेशनमा सत्तापक्ष र प्रतिपक्षी दलका शीर्ष नेतृत्वलाई आमन्त्रण

काठमाडौं , असोज १०। नेपाली कांग्रेसले सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई १५औं महाधिवेशनको उद्घाटन समारोहमा आमन्त्रण गरेको छ ।कांग्रेसले १६ असोजमा उद्घाटन हुने केन्द्रीय महाधिवेशनका लागि सत्तापक्ष र प्रतिपक्षी दलका नेतृत्वहरूलाई आमन्त्रण गरेको हो । उद्घाटन समारोहमा आतिथ्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरिएको सहमहामन्त्री उदयशमशेर राणाले जानकारी दिनुभयो । उहाले शुक्रबार तीनै नेताहहरूलाई भेटेर निमन्त्रण पत्र दिइएको पनि बताउनुभयो ।कांग्रेसका एक पदाधिकारीले महाधिवेशनको उद्घाटन समारोहमा छिमेकी मुलुकबाट पनि अतिथिहरू बोलाइने तयारी भइरहेको बताउनुभएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिमालय फुटसल गोल्ड कपको उपाधि मेन्टेन एफसीलाई, भोटे एफसी पेनाल्टीमा पराजित

काठमाडौं , असोज १०। तेस्रो संस्करणको ’हिमालय फुटसल गोल्ड कप २०८३’को उपाधि मेन्टेन एफसीले जितेको छ ।राजधानीमा सम्पन्न फाइनलमा भोटे एफसीलाई पेनाल्टी सूटआउटमा ३–२ गोल

फुईयाको फुरफुर

उसले पढेको थियो, बुझेको थियो, “हिड्ने मान्छे लड्छ” भनेर। ए..बाबा नलडोस पनि कसरी, सबैले लढनै पर्छ। बालक देखि वृद्ध सम्म सबैले हिड्ने प्रयास गरेरै लड्ने हुन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर प्रधानमन्त्री बालेन शाह स्वदेश फिर्ता

काठमाडौं , १० असोज। प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी स्वदेश फर्किनुभएको छ । उहा केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो

काजु र खुवाका नाममा बिस्कुटको धुलो : अनुगमनमा भेटियो उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलबाड

 काठमाडौं , १० असोज। चाडपर्व नजिकिएसँगै बजारमा किनमेल गर्ने उपभोक्ताहरूको घुइँचो लाग्न थालेको छ ।उपत्यकाबाट गाउँ फर्किनेहरू हुन् वा आफन्तकोमा जानेहरू, सबैको हातमा कोसेलीको रूपमा

वर्षौँ बित्दा पनि बनेनन् सडक र पुल, कर्णालीका १९ आयोजना अलपत्र

सुर्खेत , असोज १०। ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि निर्माण सम्पन्न नभएपछि कर्णाली प्रदेशका आठ जिल्लाका १९ आयोजना रुग्ण अवस्थामा पुगेका छन्। कतिपय आयोजना

मुगुको खत्याडमा आगलागी : दुई घर जलेर पूर्ण रूपमा नष्ट

सुर्खेत , असोज १०। मुगुको खत्याड गाउँपालिका–२ सेरी गाउँमा आगलागी हुँदा दुई वटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । आगलागीमा सिपचन्द्र बुढा र धन