आकर्षक उपहारको प्रलोभनमा बिर्तामोडमा चिठ्ठा धन्दा: नक्कली सदस्य खडा गरेर करोडौँको ठगी

बिर्तामोड, असोज ११ । झापाको बिर्तामोडमा कानुनी रूपमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय र अवैध चिठ्ठाका नाममा हजारौँ सर्वसाधारण ठगिने क्रम तीव्र बनेको छ। एनके, ब्राभो, अजम्बरी, युएलसी लगायत दर्जनौँ कम्पनीहरूले कार, मोटरसाइकल र आकर्षक उपहारको प्रलोभन देखाएर महिना-महिनामा रकम असुलिरहेका छन्।अनुसन्धानका क्रममा यी कम्पनीहरूले नक्कली सदस्य खडा गरी पुरस्कार कम्पनीमै राख्ने गरेको र राजस्वको नाममा २५ प्रतिशतसम्म रकम काटेर सरकारी खातामा दाखिला नगरी ठगी गरेको पाइएको छ।

एनके प्युरिफायरबाट ठगिएका पीडितहरू इलाका प्रहरी कार्यालय पुगेपछि अन्य ठगी प्रकरण पनि बाहिरिन थालेका छन्। केही साताअघि ग्लोबल ओरियन्सबाट ४१ जना पक्राउ परे पनि पहुँच र दबाबका कारण मुख्य गिरोहमाथि कडा कारबाही हुन सकेको छैन। दुई दशकअघि ठूलो विवाद निम्त्याएको अवैध चिठ्ठा धन्दा प्रशासनको बेवास्ताका कारण बिर्तामोडमा पुनः फस्टाएको हो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौँ, १२ असोज ।  रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन टावरमा सोलार प्रणाली जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको विद्युत्

नारायणीको बाढीले बगाएर पुलमा अड्किएको ‘राइनो क्रुज’लाई तीन वटा क्रेनले निकालिँदै

काठमाडौं , १२ असोज। नारायणी नदीको बाढीले बगाएर पुलमा गएर अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्न थालिएको छ । सकभर क्रुजलाई क्रेन लगाएर

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं , असोज १२। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा सोमबार

चाडपर्वमा सार्वजनिक यातायातको भाडा नबढाउने व्यवसायीहरूको प्रतिबद्धता

काठमाडौं , असोज १२। दसैँ, तिहार तथा छठजस्ता मुख्य चाडपर्वका बेला सार्वजनिक सवारीको भाडा नबढाउने यातायात व्यवसायीहरूले घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय

एसएसपी खड्कालाई उपस्थित गराउन प्रहरी प्रधान कार्यालयलाई पत्र

काठमान्डौ ,१२ असोज ।राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई हाजिर गराउन भनेर पत्र पठाएको छ। आयोगले सोमबार प्रहरी

बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि अवरुद्ध, भोलि अपराह्नसम्म खुल्न सक्ने

काभ्रे , असोज १२ । लगातारको वर्षातका कारण पहिरो तथा रोशी नदीको कटानबाट ठाउँठाउँमा अवरुद्ध बनेको बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी खण्ड आज पनि बन्द रहेको छ ।