उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ ।

उपराष्ट्रपति यादवले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नुभएकोमा बधाई दिँदै नेपाल–भारत सम्बन्ध सुदृढ बनाउन पुर्याउनुभएको योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले हालैको विनाशकारी बाढीका कठिन घडीमा भारत सरकारद्वारा प्रदान गरिएको मानवीय तथा विपद् सहायताप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले विपद् प्रभावित भारतीय नागरिक तथा पर्यटकहरूका परिवारजनप्रति गहिरो सहानुभूति र हार्दिक समवेदना प्रकट गर्नुभयो ।

राजदूत श्रीवास्तवको कार्यकालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भारतको सहयोग, दीर्घकालीन विद्युत् व्यापार सम्झौता, द्विपक्षीय संयन्त्रहरूको सक्रियता तथा सहकार्यलाई उपराष्ट्रपति यादवले प्रशंसा गर्नुभयो ।

उपराष्ट्रपति यादवले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक र मैत्रीपूर्ण सम्बन्धलाई अझ मजबुत बनाउन पुर्याएको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै उहाँको सुस्वास्थ्य र उज्ज्वल भविष्यका लागि शुभकामना व्यक्त गर्नुभयो ।

राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतको सम्बन्ध थप घनिष्ट बनेको उल्लेख गर्दै नेपाल र नेपालीको सम्झना सदैव रहने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण

झापा बुद्धशान्ती,१३ असोज। जिल्ला भूमि समस्या समाधान समिति झापाले बुद्धशान्ती गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सेनाको मात्र विश्वविद्यालय होइन : मन्त्री गौतम

काठमाडौं,१३ असोज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय नभएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको

उपराष्ट्रपति यादव र भारतका राजदूत श्रीवास्तबीच भेट, भारतीय सहयोगको प्रशंसा

काठमाडौं,१३ असोज । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मङ्गलबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार बिदाइ भेट गरेर्नु भएको छ । उपराष्ट्रपति

धरानमा विद्यार्थीको फिनेल सेवन प्रकरण ,पत्रकारमाथि उठ्यो प्रश्न ,बास्तबिकता के?

धरान ,१३ असोज। रिक्त शिक्षक नियुक्तिको माग गर्दै भएको आन्दोलनका क्रममा विद्यार्थी रोजन शंकरले फिनेल सेवन गरेको घटनामा पत्रकार सञ्जिता धमलाको नाम जोडिएको छ। आन्दोलनरत

पूर्वाञ्चल विश्वविद्यालयको १ अर्ब ९९ करोड बजेट स्वीकृत, एआईदेखि चिकित्सा शिक्षासम्म प्राथमिकता

विराटनगर,१३ असोज । पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। सिंहदरबारस्थित