कोशीको रोजगार मेला , ६ हजार पदमा कति युवाले पाउलान् रोजगारी ?

कोशी,१४ असोज ।कोशी प्रदेशमा युवालाई स्वदेशमै रोजगारीसँग जोड्ने उद्देश्यले ‘सीप तथा रोजगार मेला–२०८३’ बुधबारदेखि इटहरीमा सुरु भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी वेस्टइन्ड होटल परिसरमा सुरु भएको मेला असोज २० गतेसम्म सात दिन सञ्चालन हुनेछ। मेलाको मूल नारा ‘सीप र रोजगारी स् साझा जिम्मेवारी’ रहेको छ।

मेलामा विभिन्न उद्योग, व्यापारिक प्रतिष्ठान तथा रोजगारदाताका ६५ वटा स्टल राखिएका छन्। रोजगारी खोजिरहेका युवाले मेलास्थलमै पुगेर रोजगारदाता तथा सीपसम्बन्धी परामर्श लिन सक्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार हालसम्म विभिन्न उद्योग तथा प्रतिष्ठानले ६ हजारभन्दा बढी कामदार तथा कर्मचारीको माग गरेका छन्। त्यस्तै, रोजगारी र सीपमूलक तालिमका लागि ५ हजारभन्दा बढी युवा सूचीकृत भइसकेका छन्। माग भएका रोजगारीमध्ये ८० देखि ९० प्रतिशत अवसर कोशी प्रदेशकै उद्योग तथा व्यवसायसँग सम्बन्धित रहेको जनाइएको छ।

मेलामा उद्योग, सेवा, कृषि र निर्माणलगायत विभिन्न १० क्षेत्रमा रोजगारी तथा सीपका अवसर समेटिएका छन्। बारिस्टा, कुक तथा वेटर, आधारभूत लेखा, एसी मर्मत, विद्युतीय सवारी मर्मत, मेकअप तथा नेल आर्ट, अचार बनाउनेलगायत तालिमसमेत सञ्चालन हुनेछन्।

पछिल्लो समय युवाको आकर्षण बढिरहेको एआई र डिजिटल मार्केटिङलाई समेत मेलामा प्राथमिकता दिइएको छ। एक हजारभन्दा बढी युवालाई एआईसम्बन्धी अभिमुखीकरण दिने तथा छनोट भएका समूहलाई गहन तालिम दिने तयारी गरिएको छ।

सरकारले रोजगारदाता र रोजगारी खोजिरहेका युवाबीचको दूरी घटाउँदै सीप भएका जनशक्तिलाई मागअनुसारको कामसँग जोड्ने उद्देश्यले मेलालाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको जनाएको छ।

मेलाबाट रोजगारी खोजिरहेका युवाले प्रत्यक्ष रूपमा रोजगारदाता भेट्ने, आफ्नो सीपबारे जानकारी दिने तथा आवश्यक सीप र तालिमबारे परामर्श लिने अवसर पाउनेछन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

२५ करोड ऋणमा ५० लाख घुस माग्ने नेपाल बैंकका पूर्वअध्यक्ष चन्द्रबहादुर विशेष अदालतबाट कसुरदार ठहर

१४ असोज, काठमाडौं । ऋण दिएबापत घुस मागेको आरोप खेपेका नेपाल बैंक लिमिटेडका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारी विशेष अदालतबाट दोषी ठहर भएका छन् । विशेष

बाढीले क्षतविक्षत भएको एक महिनापछि बेत्रावतीसम्म जोडियो सडक, रसुवागढी नाका खुलाउने प्रयास तीव्र

काठमाडौँ , असोज १४। भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले सडक तथा पुलहरूमा क्षति पुर्‍याई सञ्जालबाट विच्छेद भएको एक महिनापछि बेत्रावतीसम्मको सडक पुनः जोडिएको छ । नेपाली

खर्च कटौतीको नीतिविपरीत साढे ३ करोडको विलासी गाडी किन्ने प्रक्रिया मधेस सरकारद्वारा रद्द

जनकपुरधाम , असोज १४। मधेस प्रदेश सरकारले ‘अति विशिष्ट व्यक्ति’ (भीभीआईपी) का लागि साढे ३ करोड रुपैयाँ बराबरको विलासी चारपाङ्ग्रे सवारीसाधन खरिद गर्न आह्वान गरेको

गुठी संस्थान र जनकपुरधाम उपमहानगरपालिकाबीच टकराव, पोखरी खाली गराउने अभियान अन्योलमा

जनकपुर , असोज १४। जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी संस्थानमाथि प्रश्न उठाएका छन् । उनले सम्पूर्ण जनकपुरको जग्गा गुठी कै भएकोले सार्वजनिक सौचालय

पाँच देशका नवनियुक्त आवासीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं , असोज १४। नेपालका लागि नवनियुक्त पाँच देशका आवासीय राजदूतहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।  राष्ट्रपति कार्यालयमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष

जबरा नियन्त्रण प्रकरण : कानुनी आधार सार्वजनिक गर्न कांग्रेसको माग

काठमाडौं , असोज १४। नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुको कानुनी आधार र कारणबारे सरकारसँग जवाफ मागेको छ।बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस