नेपालीको नाममा फर्म, पसलमा चिनियाँ मालिक : विराटनगरमा फेरि अर्को अवैध व्यापार फेला

विराटनगर, असोज १५ । नेपाली नागरिकका नाममा व्यापारिक फर्म दर्ता गरेर कारोबार भने चिनियाँ नागरिकले गरिरहेको घटना विराटनगरमा लगातार फेला परिरहेको छ।विराटनगर महानगरपालिका–२ मा रहेको एभरपिक सप्लायर्समा गएको सोमबार गरिएको अनुगमन क्रममा नेपालीका नाममा फर्म दर्ता गरी पसलको दैनिक कारोबार भने चिनियाँ नागरिक ली जोसिज्याकले सम्हालिरहेको भेटिएको थियो। जिल्ला प्रशासन कार्यालय मोरङ; वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोली पसलमा पुग्दा ली आफै सामान बिक्री गरिको अवस्थामा भेटिएकी थिइन्।टोलीले पसलमा राखिएका कस्मेटिक तथा घरायसी सामानको खरिद बिल, आयातको स्रोत र व्यवसाय सञ्चालनसम्बन्धी कागजात माग्दा उनले वैध कागजात देखाउन नसकेको अनुगमन टोलीले बताएको छ।त्यसपछि प्रहरीले चिनियाँ नागरिक लीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ। कोइरालाका अनुसार एभरपिक सप्लायर्स राधिका बस्नेत कार्कीको नाममा दर्ता छ। उनी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–१ स्थायी ठेगाना भएकी महिला हुन्।कार्की हाल काठमाडौंमा बस्दै आएको प्रहरीले जनाएको छ। चार दिनअघि असोज ८ गते पनि यस्तै घटना फेला परेको थियो।

विराटनगर–७ स्थित सेन्ट्रल मलमा सञ्चालित योनो मार्ट नेपाली नागरिकका नाममा दर्ता रहेको तर व्यवसाय चिनियाँ नागरिकले सञ्चालन गरेको भेटिएको थियो। त्यहाँबाट चिनियाँ नागरिक सीए जिङलान पक्राउ परेकी थिइन्।’योनो मार्ट’ दोलखाको जिरीका धिरेन बीकका नाममा दर्ता छ। सेन्ट्रल मलका ६ वटा सटर लिएर सञ्चालन गरिएको मार्टको मासिक भाडा २ लाख रूपैयाँ रहेको अनुसन्धानमा खुलेको छ।कागजमा धिरेन बीकको नाम भए पनि मार्टको व्यवस्थापन, चीनबाट सामान ल्याउने काम, मूल्य निर्धारण र नगद कारोबार जिङलानले सम्हाल्दै आएको अनुसन्धानबाट खुलेको वाणिज्य कार्यालयले जनाएको छ।वाणिज्य कार्यालय र प्रहरीको संयुक्त टोलीले गरेको अनुगमन क्रममा मार्टमा प्यान वा भ्याट बिलबिना कारोबार भइरहेको भेटिएको थियो। ग्राहकलाई खरिदको सामान्य बिलसमेत नदिएको पाइएपछि मार्ट सिल गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरका प्रमुख दीपेशकुमार झाले बताएका छन्।जिङलानमाथि अनुसन्धान अघि बढाउँदा उनी संलग्न रहेको भनिएको काठमाडौंको एउटा सूचना प्रविधि कम्पनीको विवरणसमेत अनुसन्धानमा आएको छ।उद्योग विभागको अभिलेख अनुसार काठमाडौं महानगरपालिका–११ मा तोङ आइटी ग्रुप प्राइभेट लिमिटेड नामको कम्पनी २५ लाख रूपैयाँ कुल पुँजीमा सफ्टवेयर विकास गर्ने उद्देश्यसहित दर्ता भएको छ।कम्पनीमा झाओ सिउहुआईको ४० प्रतिशत, सीए कोङ्गिमनको ४० प्रतिशत र जिङलानको २० प्रतिशत सेयर रहेको रेकर्ड देखिन्छ। कम्पनीको उद्देश्य वार्षिक २४ वटा सफ्टवेयर प्याकेज उत्पादन गर्ने रहेको कागजातमा उल्लेख छ।अनुसन्धानमा आएको विवरण अनुसार यही कम्पनीसँग जोडिएका विदेशी नागरिक विराटनगरमा भने सूचना प्रविधिको काममा नभई कस्मेटिक, खेलौना र घरायसी सामानको खुद्रा व्यापारमा संलग्न भेटिएका हुन्।

जिरीका धिरेन बीकलाई औपचारिक साझेदारका रूपमा राखेर मार्टलाई धरान, इटहरी, बिर्तामोड र इनरूवासम्म विस्तार गर्ने योजना रहेको विवरणसमेत अनुसन्धानबाट खुलेको छ।जिङलान सन् २०२४ मार्च १२ मा पर्यटक भिसामा नेपाल प्रवेश गरेकी थिइन्। पछि उद्योग विभागको सिफारिसमा व्यावसायिक भिसा लिएको विवरण अनुसन्धानमा आएको छ।त्यही कम्पनीका मुख्य लगानीकर्ता भनिएका झाओ सिउहुआईले पनि बिजनेस भिसा लिएको सरकारी अभिलेखमा देखिन्छ।नेपालको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ अन्तर्गत विदेशी लगानी खुला नगरिएको क्षेत्रको सूचीमा खुद्रा व्यापार राखिएको छ। त्यसैले विदेशी नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नतामा खुद्रा व्यापार सञ्चालन भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान जारी रहेको कार्यालयको भनाइ छ।मोरङका सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले दुवै घटनामा अनुसन्धान भइरहेको बताएका छन्।उनका अनुसार चीनबाट सामान ल्याउँदा न्यून बिजकीकरण गरिएको हो कि होइन, कारोबारमा हुन्डी प्रयोग भएको छ कि छैन र बिक्रीबाट संकलित रकम अनौपचारिक माध्यमबाट बाहिर पठाइएको हो कि होइन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको

सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, गत वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि

काठमाडौं , असोज १५। सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार