चाडपर्व लक्षित गर्दै वेस्टर्न युनियनको ‘यो दशैँ म छु सँगै’ ग्राहक योजना सार्वजनिक

काठमाडौं , असोज १५। वेस्टर्न युनियनले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘यो दशैँ म छु सँगै’ नामक नयाँ ग्राहक योजना सार्वजनिक गरेको छ ।वैदेशिक रोजगारी तथा अध्ययनका क्रममा परिवारबाट टाढा रहेका नेपालीलाई लक्षित गर्दै कम्पनीले उक्त अभियान ल्याएको जनाएको छ । अभियान अक्टोबर २ देखि नोभेम्बर २७, २०२६ अर्थात् असोज १६ देखि मंसिर ११ गतेसम्म ८ हप्तासम्म सञ्चालन हुनेछ ।अभियानअन्तर्गत प्रत्येक साता लक्की ड्रमार्फत ७ जना विजेता छनोट गरिनेछ । विजेताले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै, अभियानको अन्त्यमा एक जना भाग्यशाली विजेताले ५ लाख रुपैयाँको ग्रान्ड बम्पर पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

अभियानमा सहभागी हुन ग्राहकले छुट्टै फारम भर्नुपर्ने छैन । अभियान अवधिमा गरिएको प्रत्येक कारोबारसँगै ग्राहक स्वतः लक्की ड्रमा सहभागी हुने व्यवस्था गरिएको छ । नेपालभरका वेस्टर्न युनियनका प्रमुख एजेन्टहरू एटिटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, नबिल बैंक र सूर्य रेमिटमार्फत यो अभियान सञ्चालन हुने कम्पनीले जनाएको छ ।वेस्टर्न युनियनले नेपालको पहिलो रेमिट्यान्स सेवा प्रदायकका रुपमा विगत २९ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा दिँदै आएको छ । कम्पनीले २०० भन्दा बढी देश तथा क्षेत्रबाट नेपालमा रकम स्थानान्तरण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

हिम्लुङ हिमालमा आज मात्रै ८ शव भेटिए, हिमपहिरोमा परी ज्यान गुमाउनेको संख्या १५ पुग्यो

काठमाडौँ , असोज १५ । मनाङको हिम्लुङ हिमालमा बिहीबार अपराह्न थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको संख्या १५ पुगेको छ। यसअघि आजै चार शव फेला

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा अहिलेसम्म पाँच नेताको दाबेदारी

काठमाडौं, असोज १५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।असोज १८ देखि २२ गतेसम्म काठमाडौंको खुला मञ्चमा हुने महाधिवेशनमा

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने प्रसिद्ध झोलुङ्गे पुलमा क्षति, आवतजावत पूर्ण रूपमा ठप्प

दाङ, असोज १५ । सुदूरपश्चिमस्थित कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्त नगरलाई जोड्ने झोलुंगे पुलमा महाकालीको बाढीले क्षति पुर्‍याएपछि आवतजावत ठप्प भएको छ। दोधारा चाँदनी नगरपालिका–४

स्वदेशमै उत्पादित रासायनिक मलको बजार सुनिश्चितताका लागि नीतिगत बाटो खोजिँदै

काठमाडौं , असोज १५। नेपालमा रासायनिक मल कारखाना स्थापना भएपछि स्वदेशमै उत्पादित मलको बजार सुनिश्चित गर्न सरकारले आवश्यक कानुनी तथा नीतिगत व्यवस्था पहिचान गर्ने भएको

दुर्घटना न्यूनीकरणका लागि मकवानपुर ट्राफिक सक्रिय : राजमार्गमा विशेष जाँच अभियान सुरु

हेटौँडा , असोज १५। बाढी, पहिरो र वर्षाका कारण देशभरका विभिन्न सडकखण्ड जोखिमपूर्ण अवस्थामा रहेका बेला चाडपर्व नजिकिँदै गएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारीसाधनको

सेप्टेम्बरमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, गत वर्षको तुलनामा १२ प्रतिशतले वृद्धि

काठमाडौं , असोज १५। सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार