५ सय दरको भारतीय नक्कली नोटसहित दमकबाट दुई भारतीय नागरिक पक्राउ

दमक ,१६ असोज। झापाको दमक नगरपालिका वडा नं। ६ स्थित देवकोटा चोकबाट ५ सय दरको भारतीय नक्कली नोटसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बुधबार शंका लागेर द्यच्घद्दवद्दठण्ड नम्बरको भारतीय मोटरसाइकलमा सवार भारतको किसनगंज जिल्ला, खनियाबाद वडा नं। ३, फतेपुर बस्ने २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलमलाई नियन्त्रणमा लिएको हो । उनीहरूको खानतलासी गर्दा अब्दुल माजिदको साथबाट ५ सय रुपैयाँ दरका ७० थान गरी जम्मा ३५ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो ।

बरामद गरिएका अधिकांश नोटहरूको नम्बर दोहोरिएको पाइएपछि नक्कली भएको आशङ्कामा चेकजाँचका लागि नेपाल राष्ट्र बैङ्क, विराटनगर पठाइएको थियो । परीक्षणका क्रममा ती सबै नोटहरू नक्कली रहेको खुलेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । नक्कली नोटसहित पक्राउ परेका दुवै जनामाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा