लगानीमैत्री वातावरण बनाउन कानुन सुधार आवश्यक : मन्त्री लम्साल

काठमाडौं,१६ असोज । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि विद्यमान ऐन, नियमावली तथा कार्यविधिमा व्यापक सुधार आवश्यक रहेको बताउनु भएको छ ।

नेपाल पूर्वाधार सम्मेलन–२०२६ को तयारीअन्तर्गत आयोजित ‘लगानी र विकासका लागि कानुन सुधार परामर्श कार्यशाला गोष्ठी’लाई सम्बोधन गर्दै मन्त्री लम्सालले निजी क्षेत्र, विज्ञ तथा व्यवसायीबाट प्राप्त सुझावका आधारमा कानुन सुधारको प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘लगानीमैत्री वातावरण निर्माण गर्न विद्यमान ऐन, नियमावली र कार्यविधिमा व्यापक सुधार आवश्यक छ । निजी क्षेत्र, विज्ञ तथा व्यवसायीबाट प्राप्त सुझावलाई समेटेर कानुन सुधारको प्रक्रिया अघि बढाएका छौँ । कानुन सुधारपछि मात्रै लगानी सम्मेलन गर्दा त्यसबाट अपेक्षित परिणाम हासिल गर्न सकिन्छ भन्ने हाम्रो विश्वास छ ।’

उहाँका अनुसार प्रधानमन्त्रीको पहलमा करिब चार महिनाअघि निजी क्षेत्र, विभिन्न क्षेत्रका विज्ञ तथा व्यवसायीसँग लगानीमैत्री वातावरण निर्माणका विषयमा परामर्श गरिएको थियो । त्यसक्रममा ऐन, नियमावली तथा कार्यविधिसहित करिब ४५० भन्दा बढी सुझाव प्रधानमन्त्री कार्यालयमा प्राप्त भएको उहाँले जानकारी दिनु भयो ।

उहाँले भन्नु भयो, ‘चार महिना अगाडि प्रधानमन्त्रीज्यूले विभिन्न प्राइभेट सेक्टरहरू विभिन्न क्षेत्रका विज्ञहरू, व्यवसायीहरूसँग परामर्श लिनुभएको थियो । लगानी–मैत्री वातावरण बनाउनको लागि के गर्ने भन्नेबारे छलफल भएको थियो । ४५० प्लस मागहरू अघि सार्नुभएको वा ऐन, कार्यविधि, नियमावली लगायतका कुराहरूमा सुझाव प्रधानमन्त्री कार्यालयलाई दिनुभएको थियो ।’

प्राप्त सुझावका आधारमा विभिन्न मन्त्रालयलाई सम्बन्धित कानुन सुधारका लागि काम अघि बढाउन निर्देशन दिइएको र नेपाल उद्योग परिसंघले पनि लगानी सम्मेलन आयोजना गर्ने प्रस्ताव अघि सारेको मन्त्री लम्सालले बताउनु भयो ।

लगानी सम्मेलन र कानुन सुधारको प्रक्रियालाई एकीकृत गरी चरणबद्ध रूपमा अघि बढाउने तयारी गरिएको उहाँको भनाइ थियो ।

‘कानुनलाई सुधार गरेर मात्र लगानी सम्मेलन गर्दा त्यसबाट अपेक्षित परिणाम निकाल्न सकिन्छ’ भन्ने निष्कर्षका आधारमा कानुन सुधारसम्बन्धी कार्यदल गठन गरी काम अघि बढाइएको उहाँले बताउनु भयो।

प्रारम्भिक मस्यौदा तयार भएपछि त्यसलाई थप परिष्कृत गर्न निजी क्षेत्र तथा सरोकारवालासँग छलफल आयोजना गरिएको मन्त्री लम्सालले बताउनु भयो ।

उहाँले नयाँ कानुन बनाउँदा निजी क्षेत्रलाई सहज वातावरण प्रदान गर्ने तथा राज्यले दीर्घकालीन रूपमा लाभ प्राप्त गर्ने नीति अवलम्बन गर्नुपर्ने बताउनु भयो ।

तत्काल राजस्व उठाउनेभन्दा उद्योग तथा व्यवसायको लागत घटाएर उत्पादन र रोजगारी बढाउने नीति प्रभावकारी हुने उहाँको तर्क थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा