भोटेकोशी बाढी

१ हजार ४५७ को शव फेला, ४ हजारभन्दा बढी बेपत्ता

काठमाडौं ,१९ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजे सम्म १ हजार ४५७ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०५ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ८० जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५५ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन माटो मुनि सुरक्षित राखिएको गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३३६ र आफन्तका २ हजार ७७ गरी कुल ३ हजार ४१३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४३० वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २२६ जना व्यक्तिहरूलाई राखिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

भक्तपुरमा आगलागी , दमकलद्वारा आगो नियन्त्रण

भक्तपुर,१९ असोज । भक्तपुर  सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज

विराटनगर आँखा अस्पतालमा सेयर विवाद, भुक्तानीको विषयमा दाबी–प्रतिदाबी

विराटनगर,१९ असोज। विराटनगर महानगरपालिका–१४ रानीस्थित विराटनगर आँखा अस्पतालमा सेयर खरिद–बिक्रीको रकमलाई लिएर अस्पताल सञ्चालक र पूर्वसेयरधनीबीच विवाद चर्किएको छ । अस्पताल सञ्चालक पक्षले पूर्वसेयरधनीलाई सेयरबापतको

कांग्रेस बैठकमा गगन थापाको २९ बुँदे राजनीतिक प्रतिवेदन

काठमाडौं ,१९ असोज। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गर्नु भएको छ। आगामी चार वर्षका लागि

बिर्तामोडमा भेलागुडी विश्रान्तिघाट सञ्चालनमा

झापा, १९ असोज । झापाको बिर्तामोड ८ मा निर्माण भएको भेलागुडी विश्रान्तिघाट देउनिया संचालनमा आएको छ । सो विश्रान्तिघाटमा पहिलो पटक बिर्तामोड ८ की ६२

१० वर्षअघि घरबाट हराएका बालक नयाँ दिल्लीमा फेला

काठमाडौँ,१९ असोज। १० वर्षअघि घरबाट हराएका सप्तरीका एक बालकलाई प्रहरीले भारतको नयाँ दिल्लीबाट उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ। अग्नीसाइर कृष्णसवरण गाउँपालिका–६ का ऋषिदेव सदाका