दशैंअघि क्षेत्रीय अधिवेशन सक्ने कांग्रेस इतर समूहको दाबी

काठमाडौं,२२ असोज । अलग्गै महाधिवेशनमा जुटेको नेपाली कांग्रेसको इतर समूहले दशैंअघिसम्म सबै क्षेत्रको अधिवेशन सक्ने जनाएको छ । पूर्वसभापति शेरबहादुर देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशनको काम ८० प्रतिशत सकेको र क्षेत्रीय अधिवेशन दशैं अघिसम्म सक्ने नेता किरणराज पौडेलले जानकारी दिनु भयो। उहाँले भन्नु भयो,‘हालसम्म वडाहरुको ८० प्रतिशत अधिवेशन सकेर, पालिकाहरुको भइरहेको छ । दशैंअघिसम्म सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ ।’

 

कांग्रेसको संस्थापन पक्षले १५औं महाधिवेशन सम्पन्न गर्नलाग्दा इतर समूहले अलग्गै महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो । विहीबार नै काठमाडौं महानगरको नगर अधिवेशन हुँदैछ । उक्त समूहले पनि १५औं महाधिवेशन आगामी २१–२३ मंसिरका लागि तोकेको छ । सोहीअनुसार नै यस समूहले यही २० असोजमा पालिका, २३ असोजमा प्रदेश सभा निर्वाचन क्षेत्रीय र ४ मंसिरमा प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तय गरेर हो । ‘७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतले काम गरिरहेका छन् । तोकिएको मितिमा महाधिवेशन गरेर पार्टीलाई सुदृढ ढंगले अगाडि बढाउँछौं,’ अर्का नेता गुरुराज वरालले भन्नु भयो।

 

नेता बरालले संस्थापन समूहको महाधिवशेनलाई ‘क्लब’ संज्ञा दिंदै भविष्यमा खुम्चिएर सानो आकार लिने दाबी समेत गर्नु भयो। ‘भग्रेल्ती पद थप्ने र विशेष महाधिवेशनका अगुवाहरुले आफू पराजित हुने डरले आफ्नो पद आफैं सिर्जना गरेर सुरक्षित रहने काम गरेका छन् । यस्तो काम लोकतान्त्रिक चरित्रको मान्न सकिदैन,’ उहाँले भन्नु भयो। कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशनमा होमिएका दुवै समूहले आफ्नो हठ कायम राखेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा सघन रुपमा मिशन जागरण अभियान

दमक ,२३ असोज । नेकपा एमालेले मिशन जागरण अभियान अन्तर्गत झापामा विभिन्न कार्यक्रमहरुलाई तिव्र बनाएको छ । अभियान अन्तर्गत विभिन्न भेला, अन्तरक्रिया, छलफल लगायतका कार्यक्रमहरु

विपन्न, ज्येष्ठ नागरिक र विद्यार्थीलाई थुलुङ डेन्टलको निःशुल्क सेवा

दमक,२३ असोज । आर्थिक अभावका कारण दन्त उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले दमकस्थित थुलुङ डेन्टलले ७० वर्षमाथिका ज्येष्ठ नागरिक, विपन्न व्यक्ति तथा विद्यार्थीलाई निःशुल्क

मतदानको समय बेलुका ७ बजेसम्म थप

काठमाडौं,२३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि जारी मतदानको समय आज शुक्रबार बेलुका ७ बजेसम्मका लागि थप गरिएको छ ।

कांग्रेसको १५औँ महाधिवेशनमा मतदान शुक्रबार बिहान ७ बजेदेखि मात्रै

काठमाडौँ ,२२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदान शुक्रबार बिहानदेखि मात्रै शुरू हुने भएको छ। खराब मौसम र