ड्याम फुटेर बुढीगण्डकीमा बाढी आउँदा चुमनुब्रीका ५ जना बेपत्ता

काठमाडौँ ,२५ असोज । गोरखाको बुढीगण्डकीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित चुन्तेत घर भएका ५ जना सम्पर्क विहीन भएका छन् । भेडी गोठमा बस्दै आएका ५ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । उनीहरू सिरिङ्गे हिमालको फेदीमा रहेको भेडी गोठमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार पहिरोले उइनगुलुङ खोलाको बहाव थुनिएपछि ड्याम फुटेर बुढीगण्डकीमा मिसिएको थियो । भेडीगोठबाट सम्पर्कविहीन हुनेहरूमा ६५ वर्षीय सोनाम लामा, ५९ वर्षीया मोम्मो अजि लामा, ६६ वर्षीया सोम भुटी लामा, ७३ वर्षीय कर्मा लामा र ४१ वर्षीय पोमा दोर्जे लामा छन् । चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित लोक्पा र चुम्लिङस्थित सिरिङ्गे हिमालको फेदीमा प्रहरी पुगेको छ । उनीहरूको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

विराटनगर,२५ असोज । विराटनगरबाट प्रहरीले ५२ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको

बाढी प्रभावितको उद्धारमा लाग्न कार्यकर्तालाई ओलीको आग्रह

काठमाडौं,२५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न पार्टीका नेता तथा

बाढी र पहिरोले धादिङको प्रसिद्ध नृसिंह धाम क्षेत्र जोखिममा

धादिङ ,२५ असोज । धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम

ड्याम फुटेर बुढीगण्डकीमा बाढी आउँदा चुमनुब्रीका ५ जना बेपत्ता

काठमाडौँ ,२५ असोज । गोरखाको बुढीगण्डकीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित चुन्तेत घर भएका ५ जना सम्पर्क विहीन भएका छन् । भेडी

टीभीएसको मोटरसाइकलमा पथरीमा लाखौंको ‘अचम्मैको डिल’

पथरी, २५ असोज /  मोरङको पथरी शनिश्चरे नगरको पथरी बजारमा टीभीएस शो रुम मार्फत मोटरसाइकल र स्कुटरको सट्टपट्टा तथा बिक्रीमा विभिन्न उपहारसहित ‘अचम्मैको डिल’ कार्यक्रम