बाढी र पहिरोले धादिङको प्रसिद्ध नृसिंह धाम क्षेत्र जोखिममा

धादिङ ,२५ असोज । धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम क्षेत्रमा पसेको हो । गत जेठमा यज्ञका लागि बनाइएका सबै हवन कुण्डमा क्षति पुगेको छ ।

 

बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थल नृसिंहधामका हवन कुण्डहरू मध्ये तीन वटा बगाएको र चार वटा मर्मत गर्नै नसकिनेगरी क्षति पुगेको धामका पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीले जानकारी दिनु भयो । ब्रह्मचारीका अनुसार २९ वटा हवनकुण्ड थिए ।यो स्थान धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१, सल्यानटारको फेदीमा पर्छ । गत जेठमा भएको पुरुषोत्तम महामहोत्सवमा सात देशका नागरिक सहित ३३ लाख भक्तजनले दर्शन गरेका थिए । चार करोड ४४ लाख भेटी दानभेटी संकलन भएको थियो । बाढीको कटानले विद्यार्थीहरूले अध्ययन गर्ने आश्रम नजिकै पहिरो झरेको छ । पहिरोका कारण आश्रमसमेत जोखिममा परेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

विराटनगर,२५ असोज । विराटनगरबाट प्रहरीले ५२ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको

बाढी प्रभावितको उद्धारमा लाग्न कार्यकर्तालाई ओलीको आग्रह

काठमाडौं,२५ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, पुनर्निर्माण तथा पुनःस्थापनामा जुट्न पार्टीका नेता तथा

बाढी र पहिरोले धादिङको प्रसिद्ध नृसिंह धाम क्षेत्र जोखिममा

धादिङ ,२५ असोज । धादिङको प्रसिद्ध धार्मिक पर्यटकीय स्थल नृसिंह धाममा बाढीले क्षति पुर्याएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले नेत्रावती नदी थुनिएपछि बाढी धाम

ड्याम फुटेर बुढीगण्डकीमा बाढी आउँदा चुमनुब्रीका ५ जना बेपत्ता

काठमाडौँ ,२५ असोज । गोरखाको बुढीगण्डकीमा आएको बाढीका कारण चुमनुब्री गाउँपालिका वडा नम्बर–६ स्थित चुन्तेत घर भएका ५ जना सम्पर्क विहीन भएका छन् । भेडी

टीभीएसको मोटरसाइकलमा पथरीमा लाखौंको ‘अचम्मैको डिल’

पथरी, २५ असोज /  मोरङको पथरी शनिश्चरे नगरको पथरी बजारमा टीभीएस शो रुम मार्फत मोटरसाइकल र स्कुटरको सट्टपट्टा तथा बिक्रीमा विभिन्न उपहारसहित ‘अचम्मैको डिल’ कार्यक्रम