एक्स्ट्रिम इनर्जी ड्रिंक्सका मापदण्डविपरीतका बोर्ड हटाउँदै महानगर

काठमाडौं,२६ असोज । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका केही स्थानमा मापदण्डविपरित बोर्डहरु राखेको पाइएको छ ।विशेषगरी काठमाडौंको सिंनामगल, पूरानो बानेश्वर साथै वडा नम्बर ३१ का विभिन्न स्थानमा त्यस्ता बोर्डहरु भेटिएका हुन् । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र व्यवसायीक विज्ञापन गर्दा निश्चित मापदण्ड लागू गरेपनि एक्स्ट्रिम इनर्जी ड्रिंक्स त्यस्ता बोर्डहरु हटाएको छैन् ।

 

काठमाडौं महानगरका सूचना अधिकारी नूरनिधि न्यौपानेका अनुसार महानगरले सहरका व्यवसायिक पहिचानका राखिएका अनधिकृत बोर्डहरु हटाइसकेको बताउनु भयो । त्यस्तो अनधिकृत रुपमा राखिएको पाए तुरुन्तै हटाउन सम्बन्धित वडा कार्यालयमार्फत काम अगाडि बढाउने गरेको उहाँले बताउनु भयो । ‘डिजिटलबाहेक अन्य बोर्डहरु राख्न अनुमति दिने काम सम्बन्धित वडाले गर्छ । आवश्यक विषय उतै बुझ्नुहोला,’ उहाँले भन्नु भयो ।महानगर ३१ का वडा सचिव सुरेस साहू श्रेष्ठले अनुमति विना बोर्ड राख्न नपाउने तर पाइएको खण्डमा तुरुन्त हटाइने प्रतिक्रिया दिनु भयो ।

 

यता, एक्स्ट्रिम इनर्जी ड्रिंक्सकी दिक्षा थापाले आफूहरुले काठमाडौं महानगरभित्रका सम्पूर्ण बोर्डहरु हटाएको र बोर्ड राख्ने अभियान तत्काललाई स्थगित गरिएको जानकारी दिइनु भयो। उहाँले भन्नु भयो,‘तत्काललाई हामीले बोर्डहरु राख्ने काम रोकेका छौं । आगामी एनपीएलमा मात्र प्रचारप्रसारमा खटिने छौं ।’महानगरले आर्थिक ऐन २०७९ बमोजिम होडिङ बोर्ड राख्न निश्चित मापदण्ड तोकेको छ । महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असुल गर्दै आएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

आरुघाट पुलको सन्देशले सांसद श्रेष्ठ विवादमा, फुर्केखोलाको पुलबारे उठ्यो प्रश्न

धादिङ । बुढीगण्डकी नदीमा आएको भीषण बाढीले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित पुल बगाएपछि नयाँ बेलिब्रिज जडानका लागि पहल सुरु भएको छ। तर, पुल पुनःस्थापनाका

मानसिक स्वास्थ्य सम्बन्धी ऐन ल्याउने सरकारको तयारी

काठमाडौं,२६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित, प्रभावकारी र नागरिकको पहुँचमा पुर्याउन सरकारले आवश्यक कानुनी आधार निर्माणलाई प्राथमिकता दिएको

कांग्रेस बदल्ने हुटहुटी पदमा सीमित छैन, मेरो अभियान निरन्तर जारी रहन्छ , नैनसिंह महर

काठमाडौं,२६ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनको महामन्त्री पदका उम्मेदवार नेता नैनसिंह महरले पार्टीका नवनिर्वाचित सभापतिसहित सम्पूर्ण पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका

हिरोमा पुरिएका जेसीभी चालकको मृत्यु, सहचालक सामान्य घाइते

मुगु ,२६ असोज। सोमबार विहान पहिरोमा पुरिएर गम्भीर घाइते भएका जेसीभी चालकको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार बिहान ९ः४० बजेको समयमा पहिरो खसेपछि

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,२६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिनु