आश्रममा ग्यासको हाहाकार , ४० जना बुबाआमाका लागि चुलो बाल्न कठन भयो

काठमाडौं ,२६ असोज। ४० जना वृद्धबृद्धाको पालनपोषणामा सक्रिय नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहालले ग्यास अभावले संस्था चलाउन कठिनाइ भएको बताएका छन् ।

सोमबार सामाजिक संजालमा आफ्नो समस्या र पीडा व्यक्त गर्दै ४० जना बुबाआमाको चुलो बाल्नुपर्ने जिम्मेवारी पूरा गर्न कठिन भइरहेको र उहाँहरूको भोक र पीडालाई बेवास्ता गर्न नसकिने बताएका हुन् ।

‘सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण होस्’ भन्दै उनले अगाडि लेखेका छन्,‘

नवजीवन परोपकार समाजको आश्रममा ४० जना बुबाआमाहरूको परिवार छ। दसैँजस्तो महान् चाड नजिकिँदै गर्दा आश्रममा खाना पकाउने ग्याससमेत उपलब्ध छैन। खुट्टामा भाँचिएर आफु हिँडडुल गर्न नसकिरहेको अवस्थामा ग्यास खोज्न कहाँ जाऊँ रु कसरी ४० जना बुबाआमाको चुलो बालूँ रु

यदि ग्यासको वास्तविक अभाव हो भने सरकारले तत्काल वैकल्पिक व्यवस्था गरी जनतालाई जानकारी गराओस्। यदि कृत्रिम अभाव सिर्जना गरिएको हो भने कालोबजारी गर्ने र कृत्रिम अभाव गराई २ हजार ५०० देखि तीन हजार रुपैयाँसम्ममा ग्यास बेच्न खोज्नेहरूलाई तत्काल छानबिन गरी कानुनबमोजिम कडा कारबाही गरियोस्।’

दसैको मुखमा सर्वसाधारणलाई दुःख दिने र कालोबजारी गर्ने छुट कसैलाई नभएको उल्लेख गर्दै उनले लेखेका छन्,‘दसैँको मुखमा सर्वसाधारणलाई दुःख दिएर कालोबजारी गर्ने छुट कसैलाई छैन। विशेषगरी ज्येष्ठ नागरिक, असहाय तथा बेसहारा व्यक्तिहरू आश्रित आश्रमहरूमा खाना पकाउने ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न सरकारको तत्काल ध्यान जाओस्।’

अध्यक्ष दाहालले ग्यास अभावको वास्तविक अवस्था सार्वजनिक गनै पनि माग गरेका छन् ।

‘सरकारले वास्तविक अवस्था स्पष्ट पारोस्, आवश्यक परे वैकल्पिक व्यवस्था गरोस् र कृत्रिम अभाव तथा कालोबजारी नियन्त्रणमा प्रभावकारी कदम चालोस्।

४० जना बुबाआमाको चुलो बाल्नुपर्ने जिम्मेवारी मेरो काँधमा छ। उहाँहरूको भोक र पीडालाई कसरी बेवास्ता गरूँ रु सम्बन्धित निकायलाई विनम्र तर दृढ आग्रह छ—तत्काल समस्या समाधान गरियोस्,’ उनले लेखेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक

निर्वाचन प्रणाली जटिल हुँदा बदर मत बढेको छ स् प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौं ,२७ असोज। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालको निर्वाचन प्रणाली जटिल हुँदा बदर मतको संख्या बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

बाढीपीडितका लागि ५८ लाखभन्दा बढी राहत हस्तान्तरण

काठमाडौं ,२७ असोज। थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुग्नु भएको छ । उहाँहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा

कर्णालीका अस्पताहरुमा विशेषज्ञ चिकित्सकको अभाव,गरिब जनता उपचारका लागि भने महँगो खर्च सांसद खड्को प्रश्न?

काठमान्डौ,२७ असोज ।कांग्रेस सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कर्णाली प्रदेशका अस्पतालहरूमा मुटुरोग, पिसाब