कर्णालीका अस्पताहरुमा विशेषज्ञ चिकित्सकको अभाव,गरिब जनता उपचारका लागि भने महँगो खर्च सांसद खड्को प्रश्न?

काठमान्डौ,२७ असोज ।कांग्रेस सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले कर्णाली प्रदेशका अस्पतालहरूमा मुटुरोग, पिसाब रोग र न्युरोलोजिस्ट जस्ता विशेषज्ञ चिकित्सकहरू नहुँदा स्थानीयवासीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको बताए ।
सांसद खड्काले कर्णालीका अधिकांश बिरामीहरूलाई विशेषज्ञ सेवाका लागि काठमाडौँ वा लुम्बिनी प्रदेशसम्म रिफर गर्नुपर्ने बाध्यता रहेको र डायलासिस मेसिनहरू समेत समय समयमा बिग्रिने गरेको उल्लेख गरे ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद खड्काले कर्णाली जस्तो दुर्गम र पिछडिएको प्रदेशमा स्वास्थ्य सेवाको अवस्था नाजुक रहेको बताए । उनले प्रादेशिक अस्पतालमा मुटुरोग , पिसाब रोग ९युरोलोजिस्ट० र न्युरोलोजिस्ट जस्ता विशेषज्ञ चिकित्सकहरू नहुँदा स्थानीयवासीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको गुनासो गरे ।

‘क्याथल्याबको मेसिन जडान भएको दुई वर्ष भइसक्यो, तर त्यहाँ कार्डियोलोजिस्ट डाक्टर हुनुहुन्न । न युरोलोजिस्ट छन्, न त न्युरोलोजिस्ट नै,’ सांसद खड्काले सदनमा भने, ‘कर्णाली प्रदेश विकट छ, गरिबी र अशिक्षाले ग्रस्त छ। त्यसमाथि यातायात र स्वास्थ्य सेवाको असुविधाले गर्दा बिरामीहरूले सहज उपचार पाउन सकेका छैनन्।’

सांसद खड्काले कर्णालीका अधिकांश बिरामीहरूलाई विशेषज्ञ सेवाका लागि काठमाडौँ वा लुम्बिनी प्रदेशसम्म रिफर गर्नुपर्ने बाध्यता रहेको बताए । ‘९९ प्रतिशत न्यूरोका बिरामीहरूलाई हेर्नुपर्ने डाक्टरको अभावमा उनीहरूले समयमै उपचार पाउन सकेका छैनन् । गरिब जनता उपचारका लागि महँगो खर्च बोकेर बाहिर जान सक्ने अवस्थामा छैनन्,’ उनले भने ।

त्यसैगरी, प्रादेशिक अस्पतालमा रहेका डायलासिस मेसिनहरू समेत समय समयमा बिग्रिने गरेकाले बिरामीहरू थप मारमा परेको उनले उल्लेख गरे ।

कर्णाली प्रदेशको भौगोलिक विकटता र गरिबीका कारण त्यहाँका जनताले सामान्य स्वास्थ्य सुविधा पाउन पनि सङ्घर्ष गर्नुपर्ने अवस्था रहेको भन्दै सांसद खड्काले राज्यले दुर्गम क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक

निर्वाचन प्रणाली जटिल हुँदा बदर मत बढेको छ स् प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौं ,२७ असोज। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालको निर्वाचन प्रणाली जटिल हुँदा बदर मतको संख्या बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

बाढीपीडितका लागि ५८ लाखभन्दा बढी राहत हस्तान्तरण

काठमाडौं ,२७ असोज। थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुग्नु भएको छ । उहाँहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा

कर्णालीका अस्पताहरुमा विशेषज्ञ चिकित्सकको अभाव,गरिब जनता उपचारका लागि भने महँगो खर्च सांसद खड्को प्रश्न?

काठमान्डौ,२७ असोज ।कांग्रेस सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कर्णाली प्रदेशका अस्पतालहरूमा मुटुरोग, पिसाब