थाई भिक्षुहरूको टोली बौद्धमा

बाढीपीडितका लागि ५८ लाखभन्दा बढी राहत हस्तान्तरण

काठमाडौं ,२७ असोज। थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुग्नु भएको छ । उहाँहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा विश्व शान्तिको कामना गर्नु भएको छ। सोही अवसरमा काठमाडौंको बौद्धस्थित का–न्यिङ सेडुप लिङ मोनास्ट्री एसोसिएशन एण्ड डेभलपमेन्ट ट्रस्ट (गुम्बा) ले प्राकृतिक विपद् व्यवस्थापन, राहत तथा उद्धार कार्यका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५८ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

बौद्धमा आयोजित एक कार्यक्रमका बीच गुम्बाका धर्मगुरु तथा भिक्षुहरूले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको छ । सहयोग रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल (गणेश) र उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङ लगायतको उपस्थिति रहेको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक

निर्वाचन प्रणाली जटिल हुँदा बदर मत बढेको छ स् प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौं ,२७ असोज। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालको निर्वाचन प्रणाली जटिल हुँदा बदर मतको संख्या बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

बाढीपीडितका लागि ५८ लाखभन्दा बढी राहत हस्तान्तरण

काठमाडौं ,२७ असोज। थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुग्नु भएको छ । उहाँहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा

कर्णालीका अस्पताहरुमा विशेषज्ञ चिकित्सकको अभाव,गरिब जनता उपचारका लागि भने महँगो खर्च सांसद खड्को प्रश्न?

काठमान्डौ,२७ असोज ।कांग्रेस सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कर्णाली प्रदेशका अस्पतालहरूमा मुटुरोग, पिसाब