आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल सनातन धर्म संस्कृति संगठन काठमाडौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले आगामी महाधिवेशन राप्रपाको जीवनमा एउटा कोसेढुङ्गा साबित गर्नुपर्ने बताउनु भयो।

 

पार्टीको आगामी महाधिवेशनलाई औपचारिकतामा मात्र सीमित नराखी पार्टीको टर्निङ पोइन्ट बनाउनुपर्ने उहाँको भनाई छ ।उहाँले भन्नु भयो,‘यो महाधिवेशन एउटा प्रक्रिया पूरा गर्ने मात्र होइन। हरेक चार वर्ष, पाँच वर्षमा हामीले एउटा नयाँ नेतृत्व चुन्नुपर्ने, महाधिवेशन गर्नैपर्ने हाम्रो वैधानिक बाध्यता र त्यसकारण त्यो बाध्यता हामीले पूरा गरिराखेका छौँ, त्यो औपचारिकता पूरा गरिराखेका छौँ मात्र होइन। आउने महाधिवेशन राप्रपाको जीवनको एउटा कोसेढुङ्गा साबित गर्नुपर्ने छ हामीले । कतिपय सन्दर्भमा कुराहरू हुँदाखेरि हामीले कुनै पनि विषयलाई जोड दिएर भन्यौँ भने ‘कि ग¥यो कि म¥यो’ भनेर भन्छ। हामीलाई मर्ने सुविधै छैन। त्यसकारणले ग¥यो, राप्रपा अगाडि बढ्यो भन्ने हिसाबले हामीले आफ्नो काम गर्नुपर्ने छ। आउने महाधिवेशन नै हाम्रो पार्टीको जीवनको एउटा टर्निङ पोइन्ट हुनेछ, एउटा त्यस्तो क्षण हुनेछ कि जसले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जुरुक्कै उठाउने छ।’

 

उहाँले पार्टीमा नयाँ सदस्यलाई आकर्षित गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो। अहिले पार्टीमा रहेका सदस्यहरू मात्रै मिलेर राप्रपालाई अपेक्षित रूपमा विस्तार गर्न नसकिने भन्दै उहाँले लाखौँ नयाँ मानिसका लागि पार्टीमा प्रवेश गर्ने ढोका खोल्नुपर्ने बताउनु भयो।‘हामी अहिले जति मान्छे छौँ त्यति मान्छे मिलेर मात्रै राप्रपा पुग्दैन। हामीले अरू मान्छे नबढाउने, आममान्छेको पार्टीको रूपमा राप्रपालाई विकसित नगर्ने तर हामी चाहिँ अँगालो मारेर बस्यौँ भने यो पार्टी ठूलो हुन्छ?’ उहाँले प्रश्न गर्नु भयो।

 

लिङ्देनले विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरू स्वतःस्फूर्त रूपमा राप्रपामा प्रवेश गरिरहेको दाबी गर्नु भयो। नेकपा एमालेबाट रामकोट गाविसको अध्यक्षमा दुईपटक निर्वाचित मोहन गिरी लगायतका व्यक्तिहरू राप्रपामा आएको उल्लेख गर्दै उहाँले उनीहरूको प्रवेशले पार्टीलाई थप उत्साहित बनाएको बताउनु भयो।उहाँले बाँकेबाट एमालेको जिल्ला कमिटीमा रहिसकनु भएकी रचना पनि राप्रपामा प्रवेश गरेको उल्लेख गर्नु भयो। अन्य स्थानबाट पनि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता राप्रपामा प्रवेश गर्ने तयारीमा रहेको उहाँको भनाइ थियो।

 

अध्यक्ष लिङ्देनले नेपालको राजनीति अनिश्चितताको अवस्थामा रहेको टिप्पणी गर्दै देशलाई निकास र दिशा दिने शक्ति राप्रपा बन्नुपर्ने बताउनु भयो। आगामी चुनौती सामना गर्न र देशको नेतृत्व गर्न सक्ने पार्टीका रूपमा राप्रपालाई तयार पार्नु सबै नेता तथा कार्यकर्ताको जिम्मेवारी भएको उहाँले बताउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपालको कानुनमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा: कानुनी व्यवस्था र व्यावहारिक चुनौती

धेरै पीडित परिवारलाई मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रक्रिया नै थाहा हुँदैन। जानकारी भएका परिवार पनि आर्थिक अभावका कारण अदालतसम्म पुग्न सक्दैनन्।

आगामी महाधिवेशन राप्रपाको ‘टर्निङ पोइन्ट’ हुनुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं,२७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई पुनर्गठन गरेर अगाडि बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित नेपाल

राष्ट्रिय भेलाको तयारीमा जुट्यो एमाले

काठमाडौं,२७ असोज। नेकपा (एमाले) राष्ट्रिय भेलाको तयारीमा जुटेको छ। आगामी मंसिर २ र ३ गते काठमाडौंमा आयोजना हुने राष्ट्रिय भेलाको तयारीका लागि पार्टीको पहिलो बैठक

निर्वाचन प्रणाली जटिल हुँदा बदर मत बढेको छ स् प्रमुख निर्वाचन आयुक्त कार्की

काठमाडौं ,२७ असोज। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले नेपालको निर्वाचन प्रणाली जटिल हुँदा बदर मतको संख्या बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित

बाढीपीडितका लागि ५८ लाखभन्दा बढी राहत हस्तान्तरण

काठमाडौं ,२७ असोज। थाइल्यान्डबाट आएका बौद्ध भिक्षुहरू चर्चित ‘अलोका’ नामक कुकुरसहित काठमाडौंको बौद्ध आइपुग्नु भएको छ । उहाँहरूले रसुवाको स्याफ्रुबेँसीका बाढीपीडितहरूलाई भेटेर शीघ्र पुनरुत्थान तथा

कर्णालीका अस्पताहरुमा विशेषज्ञ चिकित्सकको अभाव,गरिब जनता उपचारका लागि भने महँगो खर्च सांसद खड्को प्रश्न?

काठमान्डौ,२७ असोज ।कांग्रेस सांसद विष्णुबहादुर खड्काले कर्णाली प्रदेशका अस्पतालहरूमा विशेषज्ञ चिकित्सकहरूको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले कर्णाली प्रदेशका अस्पतालहरूमा मुटुरोग, पिसाब