‘अचम्मैको डिल’मा १८ वटा टीभीएस मोटरसाइकल बिक्री

पथरीमा लक्ष्मी अटोमोवाइल्सको पाँचौं वार्षिकउत्सव

पथरी, २९ असोज / मोरङको पथरी शनिश्चरे नगरको पथरी बजारमा लक्ष्मी अटोमोवाइल्सले आफ्‌नो पाँचौं वार्षिकोत्सव मनाएको छ ।

लक्ष्मी अटोमोवाइल्समार्फत टीभीएस शो रुमले मोटरसाइकल र स्कुटरको सट्टपट्टा तथा बिक्रीमा विभिन्न उपहारसहित ‘अचम्मैको डिल’ कार्यक्रम सञ्चालन गरिरहेको बेला पाँचौं वार्षिकोत्सव मनाएको हो ।

https://www.facebook.com/share/v/1CP93CCpsG/

दशैं तिहारको अवसरमा पथरी बजारको मन्दिरलाइनमा असोज २३ देखि कार्तिक १ गतेसम्म ‘अचम्मैको डिल’ अफर कार्यक्रम सञ्चालनमा छ । जसमा हालसम्म १८ वटा मोटरसाइकल र स्कुटर बिक्री तथा सट्टापट्टा भएको छ । पहिलो दिन नै ९ वटा बिक्री भएको थियो । ग्राहकहरुले आफूसँगको जुनसुकै कम्पनीको मोटरसाइकल र स्कुटर सट्टा गर्न र टीभीएस ब्रान्डको मोटरसाइकल र स्कुटर लिन रुचाएको अवस्था छ । जसमा सबैभन्दा बढी स्कुटर बिक्री भएको देखिएको छ । पुरानो मोटरसाइकल र स्कुटीको सट्टापट्टा गर्दै नयाँ किन्ने ग्राहकका लागि अनलाइन उपहार चिठ्ठा कार्यक्रम अन्तर्गत सुनको चाबी (गोल्डेन की) तथा ६ हजारदेखि १० लाखसम्मको नगद उपहार पाउने व्यवस्था गरिएको टीभीएस मोटरसाइकल बिक्रेता लक्ष्मी अटोमोबाइल्सका प्रोप्राइटर लक्ष्मीप्रसाद श्रेष्ठले जनाउनु भयो ।

हेल्मेट निःशुल्क प्रदान गर्नुकासाथै प्रत्येक दिन २ जना ग्राहकका लागि ५ वर्षसम्मको निःशुल्क सर्भिसिङको सेवा समेत प्रदान गरिएको उहाँले उल्लेख गर्नुभयो ।
साथै ६० हजार किमीसम्म लाइफटाइम वारेन्टीका रुपमा वारेन्टी सेवा प्रदान गरिएको छ । यस अघि साउन १० देखि १६ सम्म सञ्चालित ‘अचम्मैको डिल’ मा ३७ वटा मोटरसाइकल बिक्री भएको थियो ।

https://www.facebook.com/share/v/1J8532Q6qx/

https://www.facebook.com/share/v/1CP93CCpsG/

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौ ,२९ असोज । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आयोगका अध्यक्ष राम बहादुर थापामगरले राष्ट्रपति भवन शीतल

रास्वपा सांसद सुनारद्वारा आरोप अस्वीकार, छानबिन समिति गठन

काठमाडौँ,२९ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै पार्टीलाई लिखित जवाफ पठाँउनु भएको छ

कुहिएको माछा–मासु बरामद गरी नष्ट

बिर्तामोड,२९ असोज । झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा