कुनै बेलाका शिक्षक र विद्यार्थी झन्डै तीन दशक पछि एउटै मञ्चमा

सुर्खेत,९ कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालयमा एउटा रोचक संयोग देखिएको छ । कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहनु भएको एमाले नेता गोरख बोगटी र कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही अहिले एउटै मञ्चमा देखिनु भएको छ। विसं २०५४ सालमा यही विद्यालयमा बोगटीले शाहीलाई कक्षा ८ मा पढाउनु भएको थियो । झन्डै तीन दशकपछि उहाँहरू सोही विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा भेटिनु भएको हो। कार्यक्रममा तत्कालीन शिक्षक बोगटीले आफ्ना पूर्व विद्यार्थी शाहीलाई स्वागत गर्नु भयो ।

 

समयसँगै दुवैको भूमिका फेरिएको छ । कुनै बेला विद्यालयको कक्षाकोठामा शिक्षकबाट पढ्ने विद्यार्थी शाही अहिले कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुन्छ । उहाँलाई पढाउने बोगटी भने नेकपा एमालेको राजनीतिमा सक्रिय हुनुन्छ । औपचारिक कार्यक्रममा एउटै मञ्चमा देखिनु भएको उहाँहरूको भेटले पुरानो शिक्षक–विद्यार्थी सम्बन्धलाई फेरि स्मरण गराएको छ ।श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालय अदानचुली गाउँपालिकाको प्रशासनिक केन्द्रमा रहेको विद्यालय हो । यही विद्यालयमा अध्ययन गर्नु भएको शाही र उहाँलाई पढाँउनु भएको बोगटीको भेटले शिक्षा क्षेत्रसँग जोडिएको सम्बन्ध समयसँगै कसरी फरक भूमिकामा पनि कायम रहन्छ भन्ने देखाएको छ ।

 

शिक्षकले कक्षाकोठामा विद्यार्थीलाई अक्षर र ज्ञान सिकाउँछन् । विद्यार्थीले त्यही ज्ञान र अनुभवका आधारमा आफ्नो जीवनको बाटो तय गर्छन् । समय क्रममा विद्यार्थी विभिन्न पेसा, जिम्मेवारी र सार्वजनिक भूमिकामा पुग्न सक्छन् । तर, उनीहरूको शैक्षिक जीवनको सुरुआती यात्रामा योगदान गरेका शिक्षकसँगको सम्बन्ध भने विशेष रहने गर्छ ।शाही र बोगटीको भेट पनि त्यस्तै सम्बन्धको एउटा उदाहरण बनेको छ । विसं २०५४ मा कक्षा ८ मा अध्ययनरत शाहीलाई पढाउने बोगटीले अहिले प्रदेश सरकारको नेतृत्व गरिरहेका आफ्ना पूर्व विद्यार्थीलाई स्वागत गर्नु भएको हो।विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा दुवै एउटै मञ्चमा देखिनु श्रीनगरका लागि पनि चासोको विषय बनेको छ । तत्कालीन शिक्षक र विद्यार्थी आज फरक सार्वजनिक भूमिकामा रहे पनि उनीहरूलाई जोड्ने साझा थलो भने त्यही विद्यालय बनेको छ, जहाँ उनीहरूको शिक्षक–विद्यार्थी सम्बन्ध सुरु भएको थियो ।

 

गुरु र चेलाको यो भेटले विद्यालय जीवनका स्मृति, शिक्षकको योगदान र समयसँगै बदलिने सामाजिक भूमिकालाई एकै ठाउँमा जोडेको छ । झन्डै २९ वर्षअघि कक्षाकोठामा बनेको सम्बन्ध आज सार्वजनिक कार्यक्रममा पुनः देखिँदा शिक्षा र सम्बन्धको महत्त्वसमेत उजागर भएको छ । आज मुख्यमन्त्री शाहीले पटक ,पटक विद्यालयमा पढेको भन्दै स्मरण समेत गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डल बीच भेटवार्ता

काठमाडौँ ,९ कार्तीक। सभामुख डीपी अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

महिला इन्जिनियर माथि हातपात गर्ने चौधरी पक्राउ

सुनसरी,९ कार्तीक । इटहरी उपमहानगरपालिकामा कार्यरत महिला इन्जिनियर माथि हातपात गरेको आरोपमा अर्का इन्जिनियर पक्राउ परेका छन्।इटहरी–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारी माथि हातपात गरेको

डिजिटल भोटिङबाट स्थानीय तहका उम्मेदवार छानिन्छ : सभापति गगन थापा

स्याङ्जा ,९ कार्तीक । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू चुनावभन्दा दुई–तीन महिनाअगावै टुंगो लगाइने बताउनु भएको छ। स्याङ्जामा आयोजित

धानबाली जोगाउन किसान चिन्तित, सुरक्षाकर्मीको गस्ती तीव्र

झापा, ९ कात्तिक । झापामा धान पाक्ने समय नजिकिएसँगै किसानमा जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। खेतबारीमा लगाएको धान जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्थाका

उपचार कक्षबाट राजनीतिसम्मः डा. योसिका भट्टराई

विराटनगर,९ कार्तीक । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वबारे बहस भइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा

८ शहरमा फ्लडलाइटसहित रंगशाला बनाउने मन्त्रालयको तयारी

काठमाडौं ,९ कार्तीक। पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल