झापामा हात्तीको त्रास

धानबाली जोगाउन किसान चिन्तित, सुरक्षाकर्मीको गस्ती तीव्र

झापा, ९ कात्तिक । झापामा धान पाक्ने समय नजिकिएसँगै किसानमा जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। खेतबारीमा लगाएको धान जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्थाका बीच हात्तीको आक्रमणबाट मानवीय क्षति हुन नदिन सशस्त्र प्रहरीले प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियान र सुरक्षा निगरानी बढाएको छ। चाडपर्वका बेला मानिसको चहलपहल बढ्ने र बिहान–बेलुका तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुने जोखिम उच्च हुने भएकाले बस्तीहरूमा ‘माइकिङ’मार्फत सचेतना फैलाउन थालिएको छ। सशस्त्र प्रहरीले अँध्यारो समयमा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरेको छ।

 

सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सचिन कर्माचार्यले मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कतासँगै जनचेतनालाई प्राथमिकतामा राखिएको बताउनु भयो। “बाली जोगाउने प्रयास गर्दा किसानले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकता दिनुपर्छ,” उहाँले भन्नु भयो, “हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने, फोटो–भिडियो खिच्ने वा लखेट्ने काम नगरी तत्काल सुरक्षित स्थानमा बस्नुपर्छ।”उहाँका अनुसार हात्ती प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल टोली र पैदल गस्ती परिचालन गरिएको छ। स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी जोखिम न्यूनीकरणका प्रयास भइरहेका छन्।

 

सशस्त्र प्रहरीले घर, गोठ तथा आँगन वरपर हात्तीलाई आकर्षित गर्ने खानेकुरा नराख्न, घर वरिपरि पर्याप्त उज्यालो राख्न र झाडी सफा गर्न अपिल गरेको छ। साथै, बालबालिका तथा वृद्धवृद्धाको विशेष ख्याल गर्न आग्रह गरिएको छ। झापाको मेचीनगर (बाहुण्डाँगी), बुद्धशान्ति, हल्दिबारी (जलथल), अर्जुनधारा (चुरे क्षेत्र) तथा दमक र शिवसताक्षीका विभिन्न बस्ती लामो समयदेखि जङ्गली हात्तीको समस्याबाट प्रभावित रहँदै आएका छन्।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डल बीच भेटवार्ता

काठमाडौँ ,९ कार्तीक। सभामुख डीपी अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

महिला इन्जिनियर माथि हातपात गर्ने चौधरी पक्राउ

सुनसरी,९ कार्तीक । इटहरी उपमहानगरपालिकामा कार्यरत महिला इन्जिनियर माथि हातपात गरेको आरोपमा अर्का इन्जिनियर पक्राउ परेका छन्।इटहरी–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारी माथि हातपात गरेको

डिजिटल भोटिङबाट स्थानीय तहका उम्मेदवार छानिन्छ : सभापति गगन थापा

स्याङ्जा ,९ कार्तीक । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू चुनावभन्दा दुई–तीन महिनाअगावै टुंगो लगाइने बताउनु भएको छ। स्याङ्जामा आयोजित

धानबाली जोगाउन किसान चिन्तित, सुरक्षाकर्मीको गस्ती तीव्र

झापा, ९ कात्तिक । झापामा धान पाक्ने समय नजिकिएसँगै किसानमा जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। खेतबारीमा लगाएको धान जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्थाका

उपचार कक्षबाट राजनीतिसम्मः डा. योसिका भट्टराई

विराटनगर,९ कार्तीक । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वबारे बहस भइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा

८ शहरमा फ्लडलाइटसहित रंगशाला बनाउने मन्त्रालयको तयारी

काठमाडौं ,९ कार्तीक। पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल