८ शहरमा फ्लडलाइटसहित रंगशाला बनाउने मन्त्रालयको तयारी

काठमाडौं ,९ कार्तीक। पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो जानकारी दिनु भएको हो ।उहाँका अनुसार ‘होम एन्ड अवे’ आधारमा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न सकिने गरी रंगशाला निर्माणको योजना अघि बढाइएको हो । मन्त्री लाम्सालले आठ शहरमा निर्माण गरिने रंगशालामा कम्तीमा ८ हजार दर्शक क्षमताका साथै फ्लडलाइटको व्यवस्था गरिने बताउनु भएको छ । सरकारले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको उहाँले उल्लेख गर्नु भएको छ।

 

रंगशाला निर्माणको योजनाले एनपीएललाई देशभर विस्तार गर्न तथा नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्न सहयोग पुग्ने विश्वास मन्त्री लाम्सालले व्यक्त गर्नु भएको छ। उहाँले क्रिकेट संघ (क्यान) लाई पनि सोहीअनुसार आवश्यक तयारी अघि बढाउन आग्रह गर्नु भएको छ । चार्डपर्वका बीच नेपाली क्रिकेटको पर्वका रूपमा एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सफल आयोजनाका लागि शुभकामना दिँदै मन्त्री लाम्सालले क्रिकेट पूर्वाधार विस्तारको योजनासमेत सार्वजनिक गर्नु भएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धानबाली जोगाउन किसान चिन्तित, सुरक्षाकर्मीको गस्ती तीव्र

झापा, ९ कात्तिक । झापामा धान पाक्ने समय नजिकिएसँगै किसानमा जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। खेतबारीमा लगाएको धान जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्थाका

उपचार कक्षबाट राजनीतिसम्मः डा. योसिका भट्टराई

विराटनगर,९ कार्तीक । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वबारे बहस भइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा

८ शहरमा फ्लडलाइटसहित रंगशाला बनाउने मन्त्रालयको तयारी

काठमाडौं ,९ कार्तीक। पूर्वाधार विकास मन्त्रालयले देशका आठ प्रमुख शहरमा फ्लडलाइटसहित क्रिकेट रंगशाला निर्माण गर्ने प्रक्रिया अघि बढाएको छ । पूर्वाधार विकासमन्त्री सुनील लाम्सालले नेपाल

कोसी कटानमा दुर्गा मूर्ति विसर्जनसँगै दशैं सम्पन्न

इनरुवा ,९ कार्तीक। सुनसरी सदरमुकाम इनरुवा–२ स्थित बिहीबारे हाटमा रहेको दुर्गा मन्दिरमा बिजया दशमीको अवसरमा निर्माण गरिएको माटोको कालात्मक दुर्गा भवानीसहित अन्य देवीदेवताको मुर्ति बिसर्जन

कुनै बेलाका शिक्षक र विद्यार्थी झन्डै तीन दशक पछि एउटै मञ्चमा

सुर्खेत,९ कार्तीक । हुम्लाको अदानचुली गाउँपालिका–३, श्रीनगरस्थित सूर्योदय माध्यमिक विद्यालयमा एउटा रोचक संयोग देखिएको छ । कुनै समय कक्षा कोठामा शिक्षक र विद्यार्थीका रूपमा रहनु

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११५ डलर नजिक

काठमाडौं ,९ कार्तीक । पश्चिम एसिया (मध्यपूर्व) मा चर्किएको भूराजनीतिक तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्य तीव्र गतिमा उकालो लागेको छ। सोमबार अन्तर्राष्ट्रिय बजारमा