सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डल बीच भेटवार्ता

काठमाडौँ ,९ कार्तीक। सभामुख डीपी अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ । भेटका क्रममा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्ध, आपसी सहयोग, आर्थिक साझेदारी, जलवायु परिवर्तनबाट उत्पन्न विपद् व्यवस्थापन तथा संसदीय सहकार्य लगायतका साझा चासोका विषयमा विचार आदानप्रदान भएको सभामुखको सचिवालयले जनाएको छ ।

 

भेटका क्रममा सभामुख अर्यालले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट उत्पन्न विपद् व्यवस्थापनमा नेपाल सरकारले हरसम्भव प्रयास गरेको उल्लेख गर्दै विपद्को कठिन घडीमा संयुक्त राज्य अमेरिकाले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि अमेरिकी सरकारप्रति धन्यवाद व्यक्त गर्नु भयो। यस्तै सभामुख अर्यालले तान्जानियाको आरुषामा हालै सम्पन्न अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा नेपालका तर्फबाट प्रस्तुत जलवायुसम्बन्धी विपद्को सामना गर्न तथा हिमालय क्षेत्र र अन्य जोखिममा रहेका क्षेत्रको उत्थानशीलता सुदृढ गर्न तत्काल संसदीय पहल विषयक आपत्कालीन एजेन्डा दुई तिहाइभन्दा बढी मतसहित पारित भएको जानकारी गराउनु भयो ।

 

जलवायु परिवर्तनका कारण विपद्को उच्च जोखिममा रहेका क्षेत्रको क्षति न्यूनीकरण, विपद् पूर्वतयारी तथा उत्थानशीलता सुदृढ गर्न अन्तर्राष्ट्रिय र अन्तरसंसदीय सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनु भयो ।साथै, जलवायुजन्य विपद्को सामना गर्न अनुदानमा मात्र निर्भर नभई आर्थिक तथा प्राविधिक क्षमता भएका राष्ट्रहरूले जिम्मेवारीपूर्वक सहकार्य र सहयोग गर्नुपर्ने धारणा राखे । नेपाल–अमेरिका सम्बन्धलाई परम्परागत अनुदान सहयोगमा मात्र सीमित नराखी लगानी तथा आर्थिक साझेदारी अभिवृद्धितर्फ अघि बढाउनुपर्ने उल्लेख गर्दै सभामुख अर्यालले नेपालमा लगानीमैत्री वातावरण निर्माण गर्न तथा लगानीकर्ताको मनोबल उच्च राख्न आवश्यक नीतिगत र कानुनी सुधारका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।

 

अमेरिकी संसदमा रहेका संसदीय ककस तथा नेपाल–अमेरिका संसदीय मैत्री समूहबीच निरन्तर सहकार्य र संवादलाई अघि बढाउने विश्वास व्यक्त गर्नु भयो।संसदीय भ्रमण तथा आदानप्रदानले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र संसदीय कूटनीति प्रवर्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अमेरिकी प्रतिनिधिमण्डललाई नेपाल भ्रमण गरेकोमा धन्यवाद दिए।उक्त अवसरमा अमेरिकी संसदीय प्रतिनिधिमण्डलले रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट नेपालले भोग्नुपरेको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिवारप्रति गहिरो दुःख व्यक्त गरेको थियो।

 

प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले समृद्ध नेपाल भ्रमणले नयाँ ऊर्जा थपेको उल्लेख गर्दै प्रतिनिधिमण्डलले नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध सुमधुर तथा विश्वासमा आधारित रहेको बताएको थियो।साथै, नेपालको आर्थिक, सामाजिक, भौतिक तथा मानवीय विकासमा निरन्तर सहयोग गर्न र दुई देशबीचको संसदीय कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउन इच्छुक रहेको धारणा व्यक्त गरेको थियो। भेटमा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति र संसदीय सुनुवाइ समितिका सभापतिसमेत सहभागी हुनुन्थ्यो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसमा पूर्ण एकता हुन सकेन : महामन्त्री प्रदीप पौडेल

काठमाडौँ,९ कार्तीक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा पूर्ण एकता कायम हुन नसकेको स्वीकार गर्दै एकताका लागि आफूहरूले विभिन्न प्रयास गरेको बताउनु भएको छ

उदयपुरमा जिप दुर्घटना : चालकसहित १५ जना घाइते

उदयपुर ,९ कार्तीक । सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–४ मरुवामा बोलेरो जिप दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका

सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डल बीच भेटवार्ता

काठमाडौँ ,९ कार्तीक। सभामुख डीपी अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

महिला इन्जिनियर माथि हातपात गर्ने चौधरी पक्राउ

सुनसरी,९ कार्तीक । इटहरी उपमहानगरपालिकामा कार्यरत महिला इन्जिनियर माथि हातपात गरेको आरोपमा अर्का इन्जिनियर पक्राउ परेका छन्।इटहरी–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारी माथि हातपात गरेको

डिजिटल भोटिङबाट स्थानीय तहका उम्मेदवार छानिन्छ : सभापति गगन थापा

स्याङ्जा ,९ कार्तीक । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू चुनावभन्दा दुई–तीन महिनाअगावै टुंगो लगाइने बताउनु भएको छ। स्याङ्जामा आयोजित

धानबाली जोगाउन किसान चिन्तित, सुरक्षाकर्मीको गस्ती तीव्र

झापा, ९ कात्तिक । झापामा धान पाक्ने समय नजिकिएसँगै किसानमा जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। खेतबारीमा लगाएको धान जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्थाका

उपचार कक्षबाट राजनीतिसम्मः डा. योसिका भट्टराई

विराटनगर,९ कार्तीक । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वबारे बहस भइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा