सुनसरी,९ कार्तीक । इटहरी उपमहानगरपालिकामा कार्यरत महिला इन्जिनियर माथि हातपात गरेको आरोपमा अर्का इन्जिनियर पक्राउ परेका छन्।इटहरी–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारी माथि हातपात गरेको अभियोगमा योजना शाखाका इन्जिनियर भवेन्द्र चौधरी पक्राउ पर्नु भएको हो। असोजको पहिलो साता अधिकारी माथि हातपात भएपछि उहाँले चौधरीविरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिनु भएको थियो।
जाहेरी परेलगत्तै सुनसरी जिल्ला अदालतले असोज ५ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। घटनापछि फरार रहनु भएको उहाँलाई प्रहरीले इटहरीको पश्चिम लाइनबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।








