उर्लाबारीको मोबाइल पसलबाट जुवा खेलि रहेका १० जना पक्राउ

उर्लाबारी,१८ कार्तीक । मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बसेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा सञ्चालित मोबाइल जोन पसलबाट उनीहरू मंगलबार राति पक्राउ परेका हुन् ।डिक खड्कीको घरमा रहेको उक्त पसलभित्र जुवातास भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले राति करिब ११ः३० बजेतिर छापा मारेको थियो । प्रहरी निरीक्षक नवीन वलीको नेतृत्वमा पुगेको टोलीले छापा हानेर तास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको हो ।

 

प्रहरीले पक्राउ परेकाको साथबाट पाँच बुङ तास र १२ हजार ६२२ रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–७ का जलन ठटाल, सुभाष शर्मा र रोशन शर्मा छन् । त्यस्तै वडा नम्बर ८ का सुमन ढकाल, निरोज धिमाल, कमल ढुंगाना र किरण ढुंगाना पनि पक्राउ परेका छन् ।

यसैगरी झापाको दमक नगरपालिका–७ का विनोद ढकाल, वडा नम्बर ५ का दीपक चौधरी र मोबाइल जोनका सञ्चालक रतुवामाई नगरपालिका–९ का विवेक बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जनकपुरधामका अतिक्रमित पोखरी खाली गर्न ७ दिने म्याद

जनकपुरधाम,१८ कार्तीक । गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना

बागलुङमा रास्वपा नेताको घरबाट ९ जुवाडे पक्राउ, १ लाख ६४ हजार बरामद

बागलुङ,१८ कार्तीक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमर खड्काको घरमा जुवातास खेलि रहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ।बागलुङ बजारमा जुवातास खेल

उर्लाबारीको मोबाइल पसलबाट जुवा खेलि रहेका १० जना पक्राउ

उर्लाबारी,१८ कार्तीक । मोबाइल बिक्री गर्ने पसलभित्र तासको खाल जमाएर बसेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको उर्लाबारी नगरपालिका–७ मा सञ्चालित मोबाइल जोन

फौजदारी तथा घरेलु हिंसामा मेलमिलाप हुँदैन : कानुनमन्त्री गौतम

काठमाडौं,१७ कार्तीक । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई छिटो, छरितो, सरल र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलाप सम्बन्धी ऐन, २०६८ संशोधन

अर्जुनधाराको पानी कैलाशघाट पुर्‍याउन श्रमदान सुरु

झापा, १७ कात्तिक  । श्रम संस्कृति पार्टीले श्रमदानबाट गर्न लागेको अर्जुनधारा जलेश्वर धामको पानी कैलाश घाटसम्म पुर्‍याउने अभियान आज कार्तीक १७ देखि शुरु भएको छ

इलाममा कात्तिक १८ देखि गोदावरी फूल प्रदर्शनी

इलाम,१७ कार्तीक । तिहार नजिकिएसँगै फूलको माग र कारोबार बढ्ने समयलाई लक्षित गरी इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला आयोजना हुने भएको छ। फ्लोरीकल्चर नेपाल इलामको

मापदण्ड विपरीत कर्मचारी सरुवा गरिएको भन्दै जनकपुरमा प्रदर्शन

जनकपुर,१७ कार्तीक । मधेश प्रदेशमा वन कर्मचारीको सरुवा मापदण्ड विपरीत गरेको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले सांकेतिक विरोध प्रदर्शन गरेको छ । मंगलबार