मकवानपुरमा ईभी हाइस दुर्घटना : १० जनाको मृत्यु, ५ गम्भीर घाइते

हेटौँडा,२६ कार्तीक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा यात्रुवाहक विद्युतीय (ईभी) हाइस गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।बिहीबार बिहान करिब ५ः४५ बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक ईभी हाइस भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन् । त्यस्तै, पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई बालक र तीन पुरुष रहेका छन् । उद्धार गरिएका घाइतेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ ।प्रहरीका अनुसार दुर्घटनाका बेला हाइसमा चालकसहित १४ देखि १५ जना सवार रहेको खुलेको छ । दुर्घटनाको जानकारी बिहान ५ः५५ बजे प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी नायब निरीक्षक दीपेन्द्र ढकालको कमान्डमा सात सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।दुर्घटनाको गम्भीरतालाई मध्यनजर गर्दै उद्धार कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल, कारागार सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमान्डमा १० जनाको टोली परिचालन गरिएको थियो ।

 

त्यसैगरी, नेपाली सेनाको सेनानी आरोग्य गौतमको कमान्डमा ११ सदस्यीय टोली, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमान्डमा १० सदस्यीय टोली र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म थानाभर्‍याङ, हेटौँडाबाट प्रहरी सहायक निरीक्षक जयप्रकाश यादवको कमान्डमा १० सदस्यीय थप टोली उद्धारमा खटिएको थियो ।

एसपी खत्री आफैँ घटनास्थलमा पुगेर उद्धारको नेतृत्वमा

दुर्घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० श्यामबहादुर खत्री आफैँ प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए। उनले घटनास्थलमा उद्धार कार्यको नेतृत्व गर्दै प्रहरी परिचालन तथा उद्धार कार्यको समन्वय गरेका थिए ।दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरतर्फ पर्दछ। सडकबाट करिब ५०० मिटर तल गहिरो भिरमा गाडी खसेका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको थियो ।दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ । मृतक तथा घाइतेको विस्तृत पहिचान र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।तस्बिरहरु

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा पतञ्जलीको भव्य कार्यक्रम, १९१ सहयोग शिक्षकलाई प्रमाणपत्र वितरण

दमक। १३ मंसिर |  पतञ्जली दमक नगर समिति तथा पतञ्जली सांस्कृतिक नगर समितिको आयोजनामा झापाको दमकमा बृहत् कार्यक्रम सम्पन्न भएको छ। करिब ५५० जनाको सहभागिता

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका