भक्तपुर,२८ कार्तीक । भक्तपुरको राधेराधेस्थित प्रजापति कम्प्लेक्सको पाँचौँ तलामा रहेको रेस्टुरेन्टमा आगलागी भएको छ।शनिबार बिहान करिब ७ बजे आगलागी भएको हो। स्थानीय कविता ठकुरीका अनुसार विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ।आगलागीको खबर पाएपछि दमकलसहितको टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणको प्रयास गरेको थियो। स्थानीयले सडकबाटै धुवाँ र आगोको मुस्लो देखेपछि प्रहरीलाई खबर गरेका थिए।आगलागीको वास्तविक कारण तथा क्षतिको विवरण आउन बाँकी छ।

दमकमा पतञ्जलीको भव्य कार्यक्रम, १९१ सहयोग शिक्षकलाई प्रमाणपत्र वितरण
दमक। १३ मंसिर | पतञ्जली दमक नगर समिति तथा पतञ्जली सांस्कृतिक नगर समितिको आयोजनामा झापाको दमकमा बृहत् कार्यक्रम सम्पन्न भएको छ। करिब ५५० जनाको सहभागिता









