शेख हसिनाको गृहजिल्लामा हिंसा भड्किएपछि डीसी र एसपीको सरुवा

काठमाडौं,३० कार्तीक । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाको गृहजिल्ला गोपालगञ्जमा प्रतिबन्धित अवामी लिगका समर्थकहरूको प्रदर्शनपछि हिंसा र अशान्ति बढेको छ । प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै सरकारी तथा प्रहरी संरचनामा तोडफोड गरेपछि सरकारले जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीसी) र प्रहरी प्रमुख (एसपी) को सरुवा गरेको छ ।शेख हसिना र अवामी लिगसँग राजनीतिक सम्बन्धका कारण महत्वपूर्ण मानिने गोपालगञ्जमा पछिल्ला केही दिनयता प्रदर्शन, तोडफोड र झडपका घटना भइरहेका छन् । आइतबार भएको एक प्रदर्शनमा सहभागीहरू लाठी र खुकुरीजस्ता धारिला घरेलु हतियार बोकेर सडकमा उत्रिएका थिए ।

 

बंगलादेशको दैनिक पत्रिका प्रोथोम आलोका अनुसार प्रदर्शनकारीले प्रहरीको सशस्त्र बख्तरबन्द गाडी (एपीसी) र प्रहरी बिटमा तोडफोड गरेका छन् । उनीहरूले जुलाई स्मारक र हादी स्क्वायरमा राखिएका शिलालेखसमेत क्षति पु¥याएका छन् ।स्थिति नियन्त्रणमा लिन बंगलादेश सरकारले गोपालगञ्जमा सीमा सुरक्षा बल (बीजीबी) का ६ प्लाटुन सुरक्षाकर्मी परिचालन गरेको छ । बीजीबीले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । अपदस्थ प्रधानमन्त्री हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने घोषणा गरेपछि उहाँको गृहजिल्ला गोपालगञ्जमा अवामी लिगका गतिविधि बढेको बताइएको छ ।

 

यसैबीच, बंगलादेशका कानुनमन्त्री एमडी असदुज्जमानले हसिना कानुनी प्रक्रियाअन्तर्गत सुपुर्दगी सन्धिमार्फत मात्रै स्वदेश फर्किन सक्ने बताँउनु भएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको फैसलाविरुद्ध पुनरावेदन गर्ने निर्धारित समय समाप्त भएपछि ढिलाइ माफी दिएर पुनरावेदन गर्ने कानुनी आधार नरहेको उहाँको भनाइ छ ।उहाँले सन् १९७३ मा शेख मुजिबुर रहमानको शासनकालमा संविधान संशोधन गरी मानवताविरुद्धको अपराधमा अभियुक्त तथा दोषी ठहर भएका व्यक्तिले मौलिक अधिकारको दाबी गर्न नसक्ने व्यवस्था गरिएको पनि उल्लेख गर्नु भएको छ।

 

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका प्रमुख अभियोजक अमिनुल इस्लामले भने फैसलाको पूर्णपाठ प्रकाशित भएको ३० दिनभित्र पुनरावेदन गर्न सकिने व्यवस्था रहेको बताँउनु भएको छ।सन् २०२५ नोभेम्बर १७ मा अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–१ ले सन् २०२४ जुलाईको जनविद्रोहका क्रममा भएको मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो । उक्त मुद्दाको फैसलाको पूर्णपाठ सन् २०२६ जनवरी १३ मा प्रकाशित भएको थियो । एएनआई

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्