मंगलबारलाई अशुभ मान्नु भ्रम मात्र हो, सफलता बारले होइन कर्मले निर्धारण गर्छ

काठमाडौं,१ मंसीर । मानिसको सफलता र असफलता बार वा तिथिको फेरले होइन, उसको आफ्नै कर्म र सत्सङ्कल्पले निर्धारण गर्दछ । तसर्थ मंगलबारलाई अशुभ मानेर अवसर गुमाउनुको सट्टा आफ्नै मेहनत र कर्ममा विश्वास गर्नु नै जीवनको खास सफलता हो ।हाम्रो नेपाली समाजमा अझैंपनि बार, तिथि र साइतलाई लिएर विभिन्न प्रकारका भ्रम, शंका र डर विद्यमान छन । विशेष गरी मंगलबारको दिन कुनै पनि नयाँ काम थाल्नुपर्दा, यात्रा गर्नुपर्दा वा महिनाको संक्रान्ति पर्दा धेरैले यसलाई अशुभ, अनिष्ट वा संकटको संकेतका रूपमा लिने गरेका छन । समाजका केही मानिसहरू वा वृद्धवृद्धाहरू मंगलबार महिना लाग्दा वा परेको दिन कुनै नराम्रो घटना घट्ने हो कि भनी अनावश्यक रूपमा त्रसित हुने गरेको पाइन्छ । तर, ज्योतिषीय, तार्किक र यथार्थवादी दृष्टिकोणले मंगलबारलाई पूर्ण रूपमा अशुभ वा डरलाग्दो मान्नु पूर्णतया गलत र निराधार हो ।

 

प्रसिद्ध ज्योतिषाचार्य नारायण प्रसाद निरौलाका अनुसार मङ्गल ग्रह आफैँमा कुनै अशुभ नभई एक शुभकारक ग्रह हो । कुनै महिनाको संक्रान्ति मंगलबार पर्दैमा वा मंगलबारकै कारणले मात्र सिंगो महिनाभरि ठूला दुर्घटना वा विध्वंस हुन्छ भनी डराउनु वा शंका गर्नु कुनै पनि तरिकाले उचित होइन । एउटा मात्र पक्ष वा बारलाई आधार बनाएर कुनै पनि समय वा दिनलाई नराम्रो भनी फलादेश गर्नु ज्योतिषीको नियम विपरीत हुन्छ । जीवनका घटना, सफलता र असफलतालाई एउटा बारले मात्र निर्धारण गर्दैन यसमा नक्षत्र, ग्रहको गोचर, जन्मकुण्डलीका विभिन्न स्थितिहरू र व्यक्तिको आफ्नै कर्मजस्ता अनेकौँ पक्षहरूको प्रभाव रहेको हुन्छ ।

 

‘मङ्गल ग्रहको स्वभाव केही खरो हुने र अग्नि तत्व बढी सक्रिय रहने भए पनि यसबाट तर्सिनुपर्ने वा यात्रा तथा शुभकार्य नै पूर्ण रूपमा बन्द गर्नुपर्ने अवस्था हुँदैन,‘ निरौलाले भन्नु भयो ‘यात्राको लागि मंगलबारलाई अशुभ मान्ने लोकधारणा हाम्रो समाजमा प्रचलित भए तापनि यसमा कुनै वैज्ञानिक वा ज्योतिषीय सत्यता भेटिँदैन । काम राम्रो वा नराम्रो हुने भन्ने कुरा बार वा तिथिको कारणले भन्दा पनि मानिसको आफ्नै कर्म, सोच र पूर्वतयारीमा निर्भर गर्दछ ।’ तसर्थ, मंगलबार वा कुनै पनि बारविशेषलाई लिएर समाजमा फैलिएका भ्रमित कुराहरूमा विश्वास गर्नुको सट्टा आफ्नो विवेक र सत्कर्ममा भरोसा राख्नु नै बुद्धिमानी हुन्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्