मोरङ,५ मंसिर । मोरङको रंगेलीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।रंगेली नगरपालिका–१ बबियाबिर्तास्थित भित्री सडकखण्डमा मंसिर १ गते दिउँसो करिब २ : १० बजे प्र.१–०२–०४९ प ८७२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो ।दुर्घटनामा मोटरसाइकल चालक रंगेली नगरपालिका–१ का २० वर्षीय शैलेन्द्र ठाकुर घाइते हुनु भएको थियो । उहाँलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो ।उपचारकै क्रममा मंसिर ४ गते दिउँसो करिब १२ : ५० बजे ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने
सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको









