जनकपुर,६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ।आइतबार मधेश प्रदेश प्रमुख कार्यायलमा राखिएको सपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको सपथ ग्रहण गराँउनु भएको हो ।सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री यादवले अब प्रदेशमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रणमा जोड दिने बताँउनु भएको छ ।
उहाँले सहमतिको आधारमा मन्त्रिपरिषद विस्तार गर्ने जानकारी दिनु भयो । उहाँले भोलिदेखि मन्त्रिपरिषद् विस्तारको कार्य अगाडि बढाउने बताँउनु भयो ।हिजो प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को ३ अनुसार सबैभन्दा ठूलो दलको हैसियतले जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्रीको पदमा नियुक्त गर्नु भएको थियो ।










