कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको बताँउनु भएको छ ।नेपाली कम्युनिस्ट पार्टी उपत्यका प्रदेश समितिद्वारा आयोजित बृहत् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दुईमहिने राष्ट्रिय जागरण अभियानलाई पार्टी पुनर्निर्माण, संगठनात्मक सुदृढीकरण र आगामी स्थानीय निर्वाचनको तयारीसँग जोडिएको बताँउनु भयो ।उहाँले भन्नु भयो, ‘ राष्ट्रिय स्वाधीनता माथिका चुनौतीलाई ध्यान दिँदै र जनतासँग पार्टीको सम्बन्धलाई पुनः सुदृढ गर्ने उद्देश्यले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिएको हो । यो अभियानका तीनवटा मुख्य उद्देश्य छन् । पार्टी सदस्यता नवीकरण र संगठनात्मक समायोजन सम्पन्न गर्ने, आगामी स्थानीय निर्वाचनको प्रारम्भिक तयारी गर्ने र पार्टीको महाधिवेशनको तयारीलाई अगाडि बढाउने । साथै, आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने सेतुका रूपमा पनि यो अभियानलाई अघि बढाइएको छ ।’

 

साथै, आन्दोलन र जनताबीच सम्बन्ध स्थापित गर्ने माध्यमका रूपमा पनि अभियानलाई अघि बढाइएको उहाँले बताँउनु भयो । प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्दै समाजवादी आन्दोलनको बलियो राजनीतिक केन्द्र निर्माण गर्नुपर्नेमा जोड दिनु भयो । विभिन्न कम्युनिस्ट घटकसँग एकता, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर अघि बढिरहेको उल्लेख गर्दै उनले अन्य कम्युनिस्ट समूहलाई पनि एउटै राजनीतिक केन्द्रमा ल्याउने प्रयास जारी रहने बताँउनु भयो ।नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव तथा नेकपा मसालसँग दुईबुँदे प्रस्तावसहित विभिन्न राजनीतिक शक्तिसँग संवाद भइरहेको उहाँले जानकारी दिनु भयो ।उहाँले भन्नु भयो, ‘हामीले कम्युनिस्ट आन्दोलनको एकताको झन्डालाई अझ माथि उठाउने लक्ष्य लिएका छौँ । नेपालका साना–ठूला कम्युनिस्ट समूहहरूलाई एउटै केन्द्रमा ल्याउने हाम्रो प्रयास जारी छ । एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि बढाएका छौँ । विभिन्न पक्षसँग संवाद र सहकार्य गर्दै विचार, राजनीति र सिद्धान्तमा एकरूपता कायम गरी कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने दिशामा हामी अगाडि बढिरहेका छौँ ।’

 

शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूसँग समेत मोर्चाबन्दीका लागि छलफल भइरहेको उहाँको भनाइ छ । राष्ट्रिय स्वाधीनता, लोकतन्त्र, गणतन्त्र र समावेशिताका पक्षधर शक्तिहरूलाई एक ठाउँमा ल्याउन पार्टीले पहल गरिरहेको उहाँले बताँउनु भयो ।प्रचण्डले शान्ति सम्झौता र संविधान निर्माणपछि अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन तथा समाजवादी शक्तिसँग सम्बन्ध विस्तार गर्न पर्याप्त ध्यान दिन नसकेको स्वीकार गर्नु भयो ।अहिले विश्व राजनीतिमा नयाँ ध्रुवीकरण भइरहेको उल्लेख गर्दै उहाँले एकध्रुवीय विश्व व्यवस्थाबाट बहुध्रुवीय व्यवस्थातर्फ विश्व अघि बढिरहेको बताँउनु भयो । युरोप, अमेरिका र ल्याटिन अमेरिकी मुलुकहरूमा समेत समाजवादी तथा कम्युनिस्ट विचारप्रति आकर्षण बढिरहेको उहाँको दाबी थियो ।नेपाली कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय राजनीतिक मञ्चहरूमा सहभागिता बढाउँदै विभिन्न देशका कम्युनिस्ट पार्टीसँग सहकार्य र संवाद विस्तार गरिरहेको उहाँले बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्