पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु भयो । शनिबार राष्ट्रिय प्रजातन्त्र पार्टी पूर्व प्रहरी परिषद्को प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले अवकाशपछि पनि राष्ट्र र समाजप्रतिको जिम्मेवारी पूरा गर्ने दायित्व बाँकी रहने बताँउनु भयो। पूर्व प्रहरीहरूलाई संगठित गर्दै उनीहरूको अनुभव र योगदानलाई राष्ट्र सेवामा परिचालन गर्नुपर्ने उहाँको भनाइ थियो ।लिङ्देनले मुलुकको राजनीतिक, सामाजिक र आर्थिक अवस्था कमजोर हुँदै गएको उल्लेख गर्दै देशलाई बलियो बनाउन इमानदार राजनीतिक नेतृत्व र सशक्त नागरिक समाज आवश्यक रहेको बताँउनु भयो ।उहाँले भन्नु भयो, ‘यस्तो बेला राज्यका बारेमा जानेको, नागरिक समाजलाई बुझेको मानिसहरू तपाईँहरूको सक्रियताको खाँचो छ देशलाई । मुलुकलाई तपाईँहरूको योगदानको अझै खाँचो छ ।’

 

उहाँले पूर्व प्रहरी परिषद्को अधिवेशन नेतृत्व चयन र समिति निर्माणमा मात्रै सीमित हुन नहुने बताँउनु भयो । देशभरका पूर्व प्रहरीसम्म संगठन विस्तार गरी उनीहरूको शक्तिलाई देश सेवाको महत्त्वपूर्ण काममा उपयोग गर्नुपर्नेमा उहाँले जोड दिनु भयो ।लिङ्देनले पूर्व प्रहरीहरूले राज्यबाट पाउनुपर्ने सेवा सुविधा र अधिकारका विषयमा पनि परिषद्ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताँउनु भयो । पूर्व राष्ट्रसेवक तथा पूर्व प्रहरीहरू कतिपय सेवा सुविधाबाट वञ्चित रहेको र केही विषयमा असमान व्यवहार भइरहेको उल्लेख गर्दै उहाँले त्यसको समाधानका लागि संगठनले आवाज उठाउनुपर्ने धारणा राख्नु भयो।पूर्व प्रहरीहरूको उमेरभन्दा अनुभव, विचार, निष्ठा र इमानदारिता महत्त्वपूर्ण हुने उहाँको भनाइ थियो । समाजलाई दिशा दिने काममा उमेरभन्दा निरन्तरता र लगनशीलताले महत्त्व राख्ने उहाँले बताँउनु भयो ।

 

लिङ्देनले राप्रपाले उठाउँदै आएका राजसंस्था, सनातन हिन्दु राष्ट्र र प्रदेश संरचना खारेजीका मुद्दाबारे पनि धारणा राख्नु भयो । राजसंस्था व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको स्थायित्वका लागि आवश्यक रहेको उहाँले बताँउनु भयो ।‘राजसंस्था यो मुलुकको लागि आवश्यकता छ, यो मुलुकको स्थायित्वको लागि आवश्यक छ । त्यसकारण म राजसंस्थाको पक्षमा उभिएको हुँ र समग्र राप्रपा त्यही उद्देश्यले राजसंस्थाको पक्षमा उभिएको हो,’ उहाँले भन्नु भयो ।राजसंस्था र लोकतन्त्र एकअर्काका विरोधी नभएको दाबी गर्दै उहाँले बेलायत, जापान, स्पेन, नर्वे, स्विडेन र डेनमार्क लगायतका देशमा राजसंस्था र लोकतन्त्र सँगसँगै अघि बढेको उदाहरण प्रस्तुत गर्नु भयो । राजा हुनु भनेको प्रजातन्त्र र लोकतन्त्रको अन्त्य हुनु नभएको विषय जनतामाझ स्पष्ट पार्नुपर्ने उहाँको भनाइ थियो ।त्यसैगरी, सनातन हिन्दु राष्ट्रको अवधारणा कुनै धर्म वा समुदायलाई निषेध गर्ने उद्देश्यले अघि नसारिएको उहाँले बताँउनु भयो । नेपालको मौलिक सभ्यता, संस्कृति र पहिचानको संरक्षणका लागि हिन्दु राष्ट्रको मुद्दा उठाइएको उहाँको दाबी थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

मंसिर १६ गते प्रधानमन्त्री शाहद्वारा दशौँ राष्ट्रिय खेलकुदको उदघाटन हुने

सुर्खेत,१२ मंसिर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गर्ने हुनु भएको छ। आगामी मंसिर १६ गते बिहान १० बजे सुर्खेतको

पूर्व प्रहरीको अनुभव र ऊर्जालाई देश निर्माणमा उपयोग गर्नुपर्छ : अध्यक्ष लिङ्देन

काठमाडौं ,१२ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्व प्रहरीहरूको अनुभव, क्षमता र ऊर्जालाई देश निर्माण तथा समाज सेवामा उपयोग गर्नुपर्ने बताँउनु

कम्युनिस्ट एकता र स्थानीय चुनावको तयारीमा छौँ : प्रचण्ड

काठमाडौं,१२ मंसिर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, कम्युनिस्ट आन्दोलनको एकता र जनतासँग पार्टीको सम्बन्ध सुदृढ गर्न राष्ट्रिय जागरण अभियान

प्रशासनको अवरोधपछि बोडेका विस्थापित सुकुम्बासीले सडकमै बसेर खाए खाना

भक्तपुर,१२ मंसिर । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित सुकुम्बासी परिवारले शनिबार बिहान सडकमै बसेर खाना खाएका छन्।सरकारले बिहीबारदेखि

भड्किलो खर्च र तामझाम त्याग्दै गृहमन्त्री गुरुङले गोरखामा परम्परागत शैलीमा विवाह गर्ने घोषणा

इटहरी,१२ मंसिर । गृहमन्त्री सुधन गुरुङले आगामी मङ्सिर १७ गते आफ्नो गृहजिल्ला गोरखामा परम्परागत गुरुङ संस्कृतिअनुसार विवाह गर्ने घोषणा गर्नु भएको छ्।तमु ह्युल छोंज धीं

आधिकारिक कांग्रेस र रूख चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन : डा. महत

काठमाडौं ,१२ मंसिर। नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न

विवाहपञ्चमीको निमन्त्रणा (भार) लिएर जनकपुरधामको टोली अयोध्या प्रस्थान

जनकपुर,१२ मंसिर । विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ ।शनिबार विश्व हिन्दू परिषद्