सरकारलाई प्रभावकारी निगरानी गर्न र सशक्त प्रतिपक्ष बन्न कार्यकर्तालाई कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौं,१३ मसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताँउनु भएको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले अनुसन्धान कानुनअनुसार हुनुपर्ने र कसैले गल्ती गरेको भए राजनीतिक आबद्धताका आधारमा छुट पाउन नहुने बताँउनु भएको हो । उहाँले नेपाली कांग्रेसमा आबद्ध भएकै कारण कसैले राज्यबाट अतिरिक्त सुविधा पाउन नहुने र कांग्रेसमा आबद्ध भएकै कारण राज्यको दुराग्रह, अत्याचार तथा पूर्वाग्रहको सिकार पनि हुन नहुने स्पष्ट पार्नु भयो । यही सिद्धान्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कार्यकर्ताको हकमा पनि लागू हुने उहाँको भनाइ छ ।

 

थापाले सार्वजनिक टिप्पणी वा आरोपकै आधारमा कांग्रेसले कसैलाई अपराधी करार नगर्ने उल्लेख गर्दै अपराधी हो वा होइन भन्ने निर्णय गर्ने जिम्मेवारी राज्यका अनुसन्धान निकाय र न्यायिक प्रक्रियाको भएको बताँउनु भयो। तर प्रधानमन्त्री, रास्वपा सभापति वा सरकारसँग निकट रहेकै आधारमा कसैले उन्मुक्ति पाउन नहुने उहाँको धारणा छ ।उहाँले कांग्रेसको सबैभन्दा ठूलो शक्ति नैतिक पुँजी भएको उल्लेख गर्दै बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको राजनीतिक विरासत बोकेको पार्टीका सदस्यले आफ्नो व्यक्तिगत, पारिवारिक तथा आर्थिक जीवन पारदर्शी राख्नुपर्ने बताँउनु भयो । आफू र पार्टीका सबै सदस्य अनुसन्धानका लागि तयार रहेको भन्दै उहाँले कानुनअनुसार हुने अनुसन्धानमा सहयोग गर्ने तर गलत र अन्यायपूर्ण व्यवहारको प्रतिवाद गर्ने बताँउनु भयो ।

 

सभापति थापाले कांग्रेसका नेता तथा कार्यकर्तामाथि पूर्वाग्रह राखिएको अवस्थामा पार्टी उनीहरूको पक्षमा उभिने पनि स्पष्ट पार्नु भयो । पार्टी सभापतिकै कारण कुनै पनि सदस्यले शिर निहुराउनुपर्ने अवस्था आउन नदिने आफ्नो जिम्मेवारी रहेको उहाँको भनाइ थियो ।त्यस्तै, उहाँले सरकारका कामकारबाहीमाथि प्रभावकारी निगरानी राख्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनु भयो। सुकुम्बासी समस्या, प्राकृतिक विपत्तिमा परेका नागरिकको अवस्था, सहकारीपीडितको रकम फिर्ता गर्ने प्रतिबद्धता तथा सरकारले घोषणा गरेका कार्यक्रमको कार्यान्वयनबारे जनतामाझ गएर प्रश्न उठाउनुपर्ने उहाँले बताँउनु भयो ।सरकारले सयौँ प्रतिबद्धता र घोषणा गरे पनि तिनको कार्यान्वयन भए–नभएको विषयमा प्रतिपक्षी दलका रूपमा कांग्रेसले जनतालाई जानकारी गराउनुपर्ने उहाँले बताँउनु भयो । प्रधानमन्त्री कार्यालयको दुरुपयोगलगायत विभिन्न प्रकरणबारे पार्टीका नेता तथा कार्यकर्ताले अध्ययन, विश्लेषण र जानकारी लिएर सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताँउनु भयो ।

 

थापाले स्थानीय तहमा कांग्रेसको भूमिका र जिम्मेवारीबारे पनि स्पष्ट पार्नु भयो । कांग्रेसले नेतृत्व गरेका ७५३ वटै स्थानीय तहमा पार्टीका प्रतिनिधिले सरकारको कार्यसम्पादन, उपलब्धि र घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धताको अवस्थाबारे समीक्षा गर्नुपर्ने उहाँले बताँउनु भयो ।कांग्रेस नेतृत्वमा रहेका स्थानीय तहमा सरकार र पार्टीबीच देखिएको दूरी कम गर्ने तथा कार्यकालको अन्तिम चरणमा घोषणापत्रका प्रतिबद्धता पूरा गर्न थप प्रयास गर्नुपर्ने उहाँले बताँउनु भयो ।त्यस्तै, कांग्रेस प्रतिपक्षमा रहेका स्थानीय तहमा जनहितकारी काममा रचनात्मक सहयोग गर्नुपर्ने उहाँले बताँउनु भयो । चुनावमा पराजित भएकै कारण स्थानीय सरकारले गर्ने राम्रा काममा अवरोध सिर्जना गर्न नहुने उल्लेख गर्दै थापाले आफूले जितेको स्थानीय तहमा विपक्षी दलसँग राख्ने अपेक्षाअनुसार नै अन्य स्थानीय तहमा पनि कांग्रेसले व्यवहार गर्नुपर्ने बताँउनु भयो ।यसैगरी, सभापति थापाले पार्टी पुनर्जागरणका लागि संगठनात्मक संरचनामा परिवर्तन आवश्यक रहेको बताँउनु भयो । पार्टीको सन्देश जनतासम्म पु¥याउने माध्यम संगठन भएकाले संगठनलाई समयअनुसार बदल्नुपर्ने उहाँले बताँउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विवाहपञ्चमीको निम्तो दिन अयोध्यामा तिलकोत्सव

जनकपुर,१३ मंसिर । विवापञ्चमी महोत्सवमा जन्ती बनेर आउन अयोध्यामा तिलकोत्सव गरिएको छ ।जनकपुरधामबाट भार लिएर अयोध्या पुगेका ५२ सदस्यीय टोलीले अयोध्यामा आईतबार आज विधिपूर्वक तिलकोत्सव

३५ वर्षमा देशमा धेरै रूपान्तरण भएको छ : विश्वप्रकाश शर्मा

मेचीनगर,१३ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले ३५ वर्षमा केही न केही रुपान्तरण भएको बताँउनु भएको छ ।मेचीनगर–९ धुलाबारीस्थित पारिजात टोल लीलाबस्तीमा चार

याङवरकका दुई स्वास्थ्य चौकीको नयाँ भवन उद्घाटन

पाँचथर,१३ मंसिर । दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण

हाक्पारा पुल एक वर्षमा सक्न मुख्यमन्त्री कार्कीको निर्देशन

पाँचथर,१३ मंसिर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिनु भएको छ।सात वर्षदेखि

प्रेस स्वतन्त्रताको पक्षमा रास्वपाको चट्टानी अडान छ : महामन्त्री आचार्य

विराटनगर,१३ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिन आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पार्टीको चट्टानी अडान रहेको बताँउनु भएको छ ।नेपाल पत्रकार

समाधानका लागि ७ सदस्यीय वार्ता समिति गठन

झिलझिले, मंसिर १३ । इलाका प्रहरी कार्यालय झिलझिले सार्ने निर्णयको विरोधमा आन्दोलन चर्किएपछि समस्या समाधानका लागि वार्ता हुने भएको छ ।प्रधानमन्त्रीको सचिवालय कार्यालय दमकबाट वार्ताका

सरकारलाई प्रभावकारी निगरानी गर्न र सशक्त प्रतिपक्ष बन्न कार्यकर्तालाई कांग्रेस सभापति थापाको निर्देशन

काठमाडौं,१३ मसिर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अनुसन्धानका नाममा सरकारले कसैलाई पनि पूर्वाग्रह र प्रतिशोधको आधारमा दुःख दिन नहुने बताँउनु भएको छ ।आइतबार पार्टी