दमक/
नेपाल स्काउट दमक नगर तदर्थ समितीको दिक्षान्त कार्यक्रम सम्पन्न भएको छ । शनिबार दमक १ स्थित नव दुर्गा मन्दिरको सभाहलमा सम्पन्न कार्यक्रममा दमक नगरपालिकाका प्रमुख, उप प्रमुख तथा विभिन्न विद्यालयका स्काउट कमिटीका सदस्य तथा क्याप्टेनहरुको दिक्षान्त गराइएको छ ।
स्काउट नियम अनुसार संघियता सुरु भएपछि नेपालमा प्रधानमन्त्रीको संरक्षकत्वमा केन्द्रिय समिती, प्रदेश तहमा मुख्यमन्त्री संरक्षक र पालिकामा पालिकाका प्रमुख त्यस समितीको संरक्षक बन्ने छ ।
यहि अनुसार दमकका नव निर्वार्चित प्रमुख राम कुमार थापालाई स्काउट दमक दमक नगर समितीको संरक्षकका रुपमा दिक्षान्त गराइएको छ ।
यसै गरि उप प्रमुख रेगीना भट्टराईलाई सो समितीको प्रमुखका रुपमा दिक्षान्त गराइएको स्काउट प्रदेश तर्दथ कमिटीका सदस्य राम पौडेलले जानकारी दिनुभयो ।
साथै नगर समितीको सदस्य सचिव नगरपालिकाका दशौ तहका सह-सचिव तथा शिक्षा शाखा प्रमखु दिनेश न्यौपानेलाई पनि दिक्षान्त गराइयो ।
प्रमुख र उप प्रमुखलाई स्काउट प्रदेश १ को दतर्थ कमिटिका अध्यक्ष रवी खनालले स्काउट प्रतिवद्धता सहित दिक्षान्त गराउनु भयो भने उप प्रमुख भट्टराईले दमक नगर समितीका सदस्यहरुलाई प्रतिवद्धता सहित दिक्षान्त गराउनु भयो ।

यस्तै स्काउट नेपालको राष्ट्रिय प्रशिक्षक तथा प्रदेश १ तदर्थ समिती अन्तर्गतको सल्हाकार समिती सदस्य सकुन्तला सुब्बाले दमकका विभिन्न विद्यालयमा गठीत स्काउट क्लवका सदस्यहरुको सपथ ग्रहण सहित दिक्षान्त गराउनु भएको थियो ।
कार्यक्रममा १५ वटा विद्यालयका विद्यार्थीहरुको उपस्थित रहेको थियो । दमकमका रहेका ८५ वटा विद्यालय मध्ये अहिले सम्म १५ वटा विद्यालयमा स्काउट गठन भइकेको र यहि महिना भित्रमा अन्य सबै विद्यालयमा पुग्ने लक्ष्य राखीएको पैडेलले जानकारी दिनुभयो ।
यसकालागि दमक नगरपालिकाले सबै विद्यालयहरुलाई अनिवार्य स्कुउट गठन गर्नकालागि पत्रचार गरिदिन प्रदेश अध्यक्ष रवी खनालले अनुरोध गर्नु भएको छ ।
दमकका सबै विद्यालयमा स्काउट पुर्याएर विद्यार्थीहरुको आत्मबल र आत्मरक्षाका साथै नेतृत्व विकास गराउने काममा दमक नगरपालिकाले नितिगत रुपमा नै काम गरेर अघी बढ्ने नगरकी उप-प्रमुख रेगिना भट्टराईले बताउनु भयो ।

नगरको वार्षिक कार्यक्रममा स्काउटलाई समेटेर जाने र यसबाट विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग गर्न आफु प्रतिवद्ध रहेको नगर प्रमुख राम कुमार थापाले प्रतिवद्धता जनाउनु भयो ।
कार्यक्रम स्काउटका प्रशिक्षक तथा दमक नगर कमिटीका अध्यक्ष ओम आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपालमा स्काउट स्थापना भएको आईतबार ७० वर्ष पुरा हुदैछ । यसैको अवसरमा दमकका नयाँ जनप्रतिनिधीलाई दिक्षान्त गरिएको आचार्यले बताउनु भयो ।









