डिपिएलको वार्षिक उत्सब

डिपिएल एघारौं वार्षिक उत्सव : पुस्तक पढ्दै,संकलन गर्दै देखि छात्रवृत्ति घोषणाको कार्यक्रम

दमक/
डिपिएल ( डाईनामिक पब्लिक लाईब्रेरी )ले एघारौ वार्षिक उत्सब मंगलबार मनाउने भएको छ । वार्षिक उत्सवको अबसरमा विभिन्न कार्यक्रम गरिने सोमबार पत्रकार सम्मेलन गरेर जानकारी गराईएको छ ।

कार्यक्रमका संयोजक बिनोद उप्रेतीका अनुसार मंगलबार बिहान ८ बजे देखि १२ बजे सम्म दमक ६ स्थित नमुना बजारमा रिले बुक रिडिङ एन्ड बुक कलेक्सन क्याम्पियन अर्थात पुस्तक पढौ र संकलन गरौ कार्यक्रम गरिदै छ । यस पछि बेलुका ४ बजे देखि बिप्पन्न बालबालिकाकालागी छात्रवृत्ति घोषणा लगायतका कार्यक्रम रहेका छन ।

आगामी शैक्षिक सत्रदेखी लागू हुने गरि यो पटक १० जना बालबालिकालाई न्युनतम कक्षा १२ सम्म अध्ययन गराउने गरिको शैक्षिक कोष बनाएर छात्रवृत्ति कार्यक्रम घोषणा गरिदै छ । अहिले यो कोषमा ५ लाख रुपैया रहेको छ ।

यस पछि मंगलबारनै डिपिएलको कृयसिल सदस्यीयका लागि आवेदन दिएकाहरुको नाम अनुमोदन गरिने छ भने डिपिएलको अफिसियल वेबसाईट www.dpl.org.np को अनावरण पनि गरिने उप्रेतीले जानकारी दिनु भयो ।

भोलीको कार्यक्रमको प्रमुख अतिथीमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङवो रहनुहुने पनि पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु