दमकका यूवाको महत्वकाक्षी कार्ययोजना

दमकमा राष्ट्रिय यूवा महोत्सव हुदै (भिडियो सहित हेर्नुस)

दमक/
झापाको दमकमा राष्ट्रिय स्तरको बृहत यूवा महोत्सव हुने भएको छ । दमकमा रहेका बिभिन्न संघ सस्थाहरुको संयूक्त आयोजनामा महोत्वस हुन लागेको हो ।

आईतबार दमक नगरपालिकामा महोत्सव मुल आयोजक समितीले पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको बारेमा जानकारी गराएको थीयो ।

महोत्सव फागुन ६ गते देखी १० सम्म गर्ने गरिको तयारी गरिएको मुल आयोजक समिती संयोजक प्रवेश बास्ताकोटीले जानकारी दिनुभयो ।

यूवाहरुको क्षमता अभिबृद्धिका साथै यूवाहरुले गर्न सक्ने काम र भएका कामहरुको समेत यो महोत्सवमा प्रदर्शन गरिने छ ।

राष्ट्रिय स्तरका राजनैतिक दलका यूवा नेता देखी स्वतन्त्रबाट मेयर बनेका काठमाडौ र धरानका मेयर सम्म यो महोत्सवको प्यानलड डिस्कसनमा सहभागी हुने पत्रकार सम्मेलनमा जनाइएको छ । यसबाट यूवाहरुको नजरमा नेपालको राजनिती र यसको सुधारकालागि यूवाहरुको भूमिका के भन्नेबारेमा बहस हुने छ ।

साथै सामाजीक परिवर्तनमा यूवाहरुले गर्न सक्ने भूमिकाका बारेमा सामाजीक अभियान्ताहरु पुष्पा बस्नेत , डा. भगवान कोईराला, सन्दुक रोइत लगायतले आएर यूवाहरुसँग अन्र्तकृया गर्नु हुने छ ।

नेपाली यूवाहरुले खेलकुदको क्षेत्रमा पुर्याउन सक्ने योगदान र यसका सम्भावना र चुनौतीका बारेमा विधागत खेलका बिज्ञहरुसँग खेलप्रेसमि यूवाहरुले छलफल गर्ने पनि पत्रकार सम्मेलनमा बताइएको छ ।

सिप भएका वा सिप सिक्न बाँकी रहेका यूवाहरुकालागि कस्ता कस्ता रोजगार अथवा स्वरोजगारका अवसरहरु हुन सक्छन भन्नेबारेमा रोजगार मेला पनि महोत्सवमा रहने छ ।

यूवाहरुको क्षमता विकास गर्न आवश्यक पर्ने सिपमुलक तालिमहरुलाई बिज्ञहरुबाट तालिम प्रदानका साथै त्यससँग सम्बन्धीत काममा जोड्न पनि महोत्सवले महत्वपूणर् भूमिका निर्वाह गर्ने संयोजक बास्ताकोटीले जानकारी दिनुभयो ।
यूवाहरुले नै आविस्वार गरेका बिभिन्न बिज्ञान सामाग्रीको प्रदर्शनी तथा प्रतियोगिता, फरक क्षमता भएका यूवाहरुको प्रतिभाको प्रदर्शनी पनि महोत्सवमा गरिने छ ।

साथै चेस, कविता, वत्तृmत्वकला, कविता प्रतियोगिता लगायतपनि महोत्सवमा हुने छन ।

विभिन्न खेल तथा मनोरञ्जनत्मक कार्यक्रमका साथै सास्कृतिक साँझ, नाटक प्रर्दशनी, फूड फेस्टिवल एवं स्वास्थ्य शिविर सम्मका कार्यक्रम यो महोत्सवमा समावेश गरिने आयोजकले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।
दमकका रहेका लिओ क्लवहरुको मुख्य संयोजन र यहाँ रहेका अन्य सघं सस्था साथ राष्ट्रिय यूवा परिषदको समेत आयोजनामा कार्यक्रम हुने बताइएको छ ।

हरेक संघ सस्थाहरुले विधागत रुपमा आ आफ्ना प्रर्दशनी तथा कार्यक्रमहरुको संयोजन गर्ने गरि कार्यतालिका बनाइदै गरिएको मुल आयोजक समितीका महासचिव तारा प्रसाद गुरागाईँले जानकारी दिनुभयो ।
करिव ८५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको यो महोत्वमा १ लाख भन्दा बढी यूवाहरुले अवलोकन गर्ने आँकलन गरिएको छ ।

महोत्वसको मुख्य स्थल दमक ७ स्थित पशुहाटलाई तोकिएपनि साहित्यीक प्रतियोगीताका कार्यक्रम भने इलाम, मोरङ र झापाकै अन्य स्थानमा समेत गर्ने गरिको तयारी भएको बताइएको छ ।

आयोजकले गरेको पत्रकार सम्मेलनको भिडियो यहाँ राखीएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राहत होइन अब नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं ,१८ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताउनु

भदौ २३ गते ‘जेनजी शहीद दिवस ,यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान

बाढीको प्रभाव , मूल्यबृद्धिको संकेत

काठमाडौं ,१८ भदौ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको भयावह बाढीका कारण चीनसँगको प्रमुख व्यापारिक नाका जोड्ने सडक तथा व्यापारिक मार्गमा ठूलो क्षति पुगेपछि नेपालमा चाडपर्व

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं ,१८ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गर्नु भएको छ

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं ,१८ भदौ। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार

बाढी प्रभावित क्षेत्रमा तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सांसद शेरचनको माग

काठमाडौं,१८ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद ओजस्वी शेरचनले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य संकट गम्भीर बन्दै गएको भन्दै तत्काल अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्न सरकारसँग