दमक/
यही फागुन ६ गते देखी १० गते सम्म हुने राष्ट्रिय यूवा महोत्सवको तयारी तिव्र रुपमा अघी बढिरहेको छ । महोत्सवका मुल आयोजकहरु अहिले यसलाई सफल पार्न प्रयोजक र सहयोगी जुटाउन कम्मर कसेरै लागेका छन् ।
एक करोड भन्दा बढि लगानी गरेर देशभरका यूवाहरुलाई भेला गर्दै महोत्सव गर्ने तयारी भइहेको छ ।
शिक्षा, स्वास्थ्य, रोजगार, सिप, उद्यमशिलता, अनुभव, सिर्जना, संघर्ष ,प्रदर्शनी, मनोरञ्जन, तालिम ,गोष्ठि लगायत यूवाहरुलाई केके चाहिन्छ ती सबै कुरा उपलब्ध गराउने गरि यो महोत्सव गर्न लागीएको मुल आयोजक समिती संयोजक प्रवेश बास्ताकोटिले बताउनु भयो ।
‘यसमा झाँकी प्रदर्शनी, पुस्तक प्रदर्शनी, चित्रकला प्रदर्शनी, फरक क्षमता भएकाहरुको बिषेश कला प्रदर्शनी, नाटक प्रदर्शनी, स्वास्थ्य शिविर, थ्री डि भि आर चलचित्र प्रदर्शनी, सास्कृतीक कार्यक्रम , गायन तथा नृत्य प्रदर्शनी, प्यानल डिस्कसन, बिभिन्न प्रतियोगिता, रोजगार मेला, विज्ञान तथा वातावरण प्रर्दशनी, साहित्य मेला लायतका प्रदर्शनीहरु यो मेलामा हुने छन् ।’ बास्तोकाटिले उज्यालो खवरसँग कुराकानी गर्दै भन्नु भयो ‘यी प्रर्दशनी यूवा लक्षीत, यूवा सिर्जिन वा यूवाको क्षमता विकास हुन र देशकै लागि केहि गर्नु पर्छ भन्ने भावना विकास गराउनु नै महोत्सवको मुल लक्ष हो ।’
महोत्सवको मिती आउनै लागेकोले यसको तयारी गर्न टिम अघी बढिरहेको मुल आयोजक समितीका महासचिव तारा गुरागाईँले जानकारी दिनुभयो । ‘यो महोत्सवले देश समृद्ध बनाउन यूवाको भूमिका कस्तो हुनु पर्छ र अहिले यूवाहरुले कुन क्षेत्रबाट कस्ता योगदान गरिरहेका छन् भन्ने कुराको स-प्रमाण प्रस्तुत हुने हुदा यो कार्यक्रम राज्यको हुनु पर्छ भन्नकालागि बुझाउँदै हिडेका छौ ।’गुरागाई भन्नु हुन्छ ‘महोत्सव राष्ट्रिय स्तरको हो । यसमा सरकारका तीन तहकै प्रत्यक्ष सहभागी हुनु पर्छ । अझ बढि झापाका पालिका सरकारले यसको अपनत्व लिनुपर्छ भन्ने हाम्रो विस्वास हो ।’
यसकालागि अहिले महोत्सव सफल पार्नकालागि झापाका १५ वटा पालिकामा पुगेको र पालिकाका प्रमुखहरुको अर्थपूणर् सहभागीताको प्रतिवद्धता पनि लिने काम भइरहेको जनाइएको छ ।
कार्यक्रम झापा, मोरङ र इलामका विभिन्न स्थानमा हुने छन् । विषेश गरि दमकको सरस्वती मावि महोत्सवको मुख्य स्थान हुने र केहि कार्यक्रमहरु मोरङको बेलबारी स्थित बेतना सिमसारमा पनि गर्नुका साथै इलामको कन्याममा समेत कार्यक्रम गरिने आयोजक समितीले जनाएको छ ।
यसै सन्दर्भमा झापाका दुई पालिकाका प्रमुखहरुले महोत्सवमा अर्थपूणर् सहभागीता रहने र यो महोत्सवले यूवा वर्गमा एक एक उचाई थप्ने काम गर्ने बताएका छन् ।
झापाको झापा गाउँपालिका र हल्दिबारी गाउँपालिकाका अध्यक्षद्धयले महोत्सवका बारेमा बोलेको भिडियो यहाँ राखीएको छ ।
https://www.facebook.com/TheUjyaalokhabar/videos/1624231381345826









