सरकारको आलोचना

प्रदेश सांसद न्यौपानेको परमादेश सरकारलाई चुनौती :‘सक्छौ भने धरहरा पनि भत्काएर देखाउ’

 

विराटनगर/
बिहिबार प्रदेश १ सभाको सभाहलमा केन्द्र सरकारको आलोचना भएको छ । केन्द्र सरकारले भूमि समस्या समाधान आयोग खारेज भएपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । सडक देखी सदन सम्म यो विषयले प्रवेश पाएको छ । यसैक्रममा प्रदेश १ को सदनमा पनि यो विषयमा प्रदेश सांसदहरुले परमादेश सरकारको यो निणर्यको कडा भर्तसना गरेका छन् ।

 

प्रदेश सभाको आठौँ तथा बजेट अधिबेशनको बाईसौँ बैठकको शुन्य समयमा बोल्दै संखुवासाभाका प्रदेशससभा सदस्य तुल्सीप्रसाद न्यौपानेले भुमिहिन तथा सुकुम्वासी समस्या समाधान आयोग खारेज गरेर सकुम्वासीलाई ढाड सेक्ने काम गरेको आरोप लगाउनुभयो । वहाले अहिलेको सरकारले अघिल्ल्लो सरकारले गरेका निणर्य उल्ट्याउन गरेको निणर्यको बिरोध गर्दै ओली नेतृत्वको सरकारले बनाएको भैरहवा बिमास्थन र पोखरा अन्तराष्ट्रिय विमानस्थल पनि भत्काएर देखाउन चुनौती दिनुभयो । यस्तै उहाँले धरहरा भत्काएर देखाउन पनि सरकारलाई चुनौती दिनुभएको छ ।

जनादेशबाट बनेको ओली सरकारले गरेको जनप्रीय कामका निणर्यमा बारेमा परमादेशबाट बनेको सरकारले उल्टाउन थालेको छ । यसैक्रममा गत मंगलबार केन्द्र सरकारको मन्त्री परिषदले भूमि समस्या समाधान सम्बन्धीको आयोग खारेज गरेको हो । श्रोतका अनुसार सो आयोग पूःन गठन गरि देशभरमै गठबन्दनका कार्यकर्ताको भर्ती गर्ने तयारी गरिएको छ ।

गठबन्धनबाट बनेको सरकारले अझैसम्म मन्त्री मण्डल समेत पुरा गर्न नसकेको भन्दै जिल्ला र प्रदेशतहका कार्यकर्तालाई व्यवस्थपन गर्न यस्ता सम्बैधानीक आयोगहरुमा कैची लगाउन थालेको छ । तर यस प्रकारको कैचीले यस परमादेशको सरकार धेरै दिन नटिक्ने सडकमा आन्दोलन गरिरहेका भूमिहिन सुकुम्बासीहरुले बताएका छन् । सरकारले यो निणर्य फिर्ता नलिएर सर्वोच्चको ढोका ढक् ढक्याउने पनि बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत