दमक/
साउन महिनाको पर्यायजस्तै बनेको मेहेन्दीको प्रयोग र बिक्रिबारे अनुगमन समेत हुने गरेको पाईदैन । त्यसैलेपनि बजारमा हानिकारक रसायन मिश्रित मेहेन्दी बिक्रि भईरहेको छ । आफ्ना हात सुन्दर देखाउँने र विभिन्न धार्मिक आस्थाका नाममा प्रयोग गरिने केमिकलयुक्त मेहन्दीले उल्टै समस्या निम्ताइरहेको छालारोग विशेषज्ञहरुले बताएका छन् ।
मेहन्दी जम्मा २ किसिमका हुन्छन् । एउटा प्राकृतिक रुपमा बनस्पतिबाट निर्मित भने अर्को कृतिम । प्राकृतिक मेहन्दीले खासै असर नगरेपनि कृतिम रुपमा बनाईने मेहन्दीमा पारा फेनाइलेने दायमाइन नामक रसायन मिसाईएको हुन्छ र यसले छालामा अशर पुर्याउने छाला राोग विषेशज्ञ डाः गुरु पौडेल बताउनु हुन्छ ।
हातमा गाढा कालो बनाउन विभिन्न रसायन मिसाएका मेहन्दीले छालामा एलर्जी तथा फोका उठ्ने हुन सक्छ । मेहन्दी लगाउनुअघि हरेकले एकपटक सोच्नैपर्ने उहाँको सुझाव छ । हातमा लगाउनुअघि कुनै ठाउँमा पहिले थोरै लगाएर परीक्षण गर्न पनि उहाँको आग्रह छ । सबैको छाला एकै किसिमको नहुन सक्छ । यसमा प्रयोग हुने रसायनले छालासँगै स्वास्थ्यलाई नकारात्मक असर पार्न सक्छ । त्यसैले गुणस्तरीय कम्पनी, उत्पादन र छालालाई उपयुक्त मात्र थोरै प्रयोग गर्न सकिने डा. पौडेलले बताउनु भयो ।
चेतनाको अभाव
साउन महिना सुरु हुनासाथ महिलाका हातमा मेहन्दी र हरिया चुरा हुन्छन् । साउन महिनामा मात्र हैन पुजा, गुन्युचोली, ब्रतबन्ध र विवाहमा पनि महिलाहरुले हात र खुट्टामा मेहन्दी लगाएर आफुलाई आकर्षक देखाउने गरेका छन् । तर आफुलाई सुन्दर, आकर्षक देखाउन र धार्मिक आस्थाका नाम लगाईने रसायनयुक्त मेहन्दीले हाम्रो छालालाई भने असर गरिरहेको तर्फ भने त्यती ध्यान गएको पाईदैन । विषेश गरी साउन महिनामा हिन्दु विवाहित महिलाहरुले पतिको दिर्घायुको कामना गर्दै हातमा मेहन्दी र हरियो,पहिलो र रातो चुरा लगाउने गर्दछन् । अविवाहित महिलाहरुले भने सुयोग्य पतिको कामना गर्दै चुरा र मेहन्दी लगाउछन् ।
त्यस्तै बिहे बटुलोमा भने आफुलाई आकर्षक देखाउनकै लागि लगाउने गरेको पाईन्छ । मेहन्दी जती गाडा लाग्यो त्यतीनै श्रीमानले माया गर्ने विश्वास झापा दमक ९ की सुनिता कार्कीमा छ । तर यसले छालामा पार्न सक्ने असरका बारेमा उती ज्ञान छैन । ‘छालालाई असर गर्छ भन्ने सुनेको हो तर कहिले र कस्तो असर गर्छ थाह छैन । तर अहिले लगाउँदा सुन्दर देखिन्छ त्यसैले मेहन्दी लगाउने गरेको छु ।’ कार्कीले बताउनु भयो ।
यस्तै दमककी हरीमाया भट्टराई पनि आफुलाई मेहन्दीको असरबारे ज्ञान नभएको बताउनु हुन्छ । सुन्दर देखिन गाढा मेहन्दी लगाउने गरेको उहाँले सुनाउनु भयो ।
साउन प्रकृतिले नयाँ स्वरुप परिर्वतन गर्ने समय हो । प्रकृतिमा हरियो पन आउने भएकोले आफूलाईपनि प्रकृतिसँग अनुकुल गराउन हरियो पहिरन लगाउने, हरियो बोटबिरुवाहरुको पातबाट विभिन्न श्रृंगारको सामानहरु बनाएर लगाउने चलन परापुर्व कालदेखि रहँदै आएको छ । तर विभिन्न बाहनामा बजारमा पाईने केमिकल युक्त मेहन्दी लगउदा छालालाई असर गरिरहेको छ । तर मेहेन्दी लगाउने र लगाईदिनेलाई समेत यस्ता कुराप्रति खासै ज्ञान नभएको देखिन्छ ।