हेलचेक्राईको हद

त्रिभुवन विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयको लापर्वाहीका कारण झापाका २ सय १४ विद्यार्थीको भविष्य अन्यौलमा (भिडियो सहित)

 

दमक/
त्रिभूवन विस्व विद्यालयले गत वर्ष नै बि बि एस चौथो वर्षको परिक्षा गरेको थियो । परिक्षा सकिएको एक वर्ष बितिसक्यो तर नतीजा प्रकाशन भएको छैन । नतिजा प्रकाशन गर्ने यो समयमा अहिले आएर परिक्षा नियन्त्रण कार्यालयले उत्तर पुस्तीका नै हराएको भनेर पूःन परिक्षा गराएको छ । एक वर्ष लगातार मिहनत गरेर परिक्षा दिएका विद्यार्थीहरु नतिजा पर्खेर बसेका थीए । तर एका एक पूःन परिक्षा दिनु परेपछि आक्रोसित छन् । त्रिभूवन विस्व विद्यालय र परिक्षा नियन्त्रण कार्यालयको लापर्वाहिका कारण भबिष्यनै अन्यौेलन भएको विद्यार्थीको भनाई छ ।

झापाको दमक बहुमुखी क्याम्पस अहिले विदा छ । तर पुष २४ गते आईतबार भने प्रवेश पत्र बोक्दै केहि विद्यार्थीहरु परिक्षा दिन भन्दै क्याम्पस आए । यो समय कुनै परिक्षा हुने तालिकाको समय पनि हैन । यद्यपी विद्यार्थीहरु भने परिक्षाकालागि आए ।

हो यो परिक्षा कुनै पूर्व तालिका वा योजना अन्तर्गतको होईन । यो त त्रिभूवन विस्व विद्यालय र परिक्षा नियन्त्रणको कार्यालयको लापार्वहिको उपचको परिक्षा हो । गत वर्ष अर्थात पुष २७ गते यो क्याम्पसका २ सय १४ जना विद्यार्थीले बिबिएस चौथो वर्षको बिजनेश रिसर्च विषयको परिक्षा दिएका थीए । तर यी विद्यार्थीहरुको उत्तर पुस्तिका अहिले परिक्षा नियन्त्रण कार्यालयमा छैन । विद्यार्थीको उत्तर पुस्तिकानै गायव भएपछि बाध्य भएर विद्यार्थी पूःन परिक्षा दिन भन्दै क्याम्पस आएका हुन ।

गत वर्ष नै परिक्षा दिएर आफ्नो भविष्यको खोजी गर्दै यी विद्यार्थी विभिन्न ठाउँ पुगि सकेका थीए । कोहि त अझ बैदेशिक रोजगार वा विदेश अध्ययनकालागि पनि गाइसेका हुन सक्छन । अघील्लो वर्ष एक वर्ष तयारी गरेर यी विद्यार्थीहरुले परिक्षा दिएका थीए । तर अहिले तीन दिन अघी बिजेनश रिसर्च विषयको पूःन परिक्षा दिनु पर्यो भन्दै क्याम्पसबाट एस एम एस आएपछि विभिन्न ठाउँमा छरिएका विद्यार्थी बाध्य भएर पूःन आउनु पर्यो । तीन दिन तयारी गर्ने समय समेत कम भएकोले परिक्षा पहिलाको जस्तो नहुने र यस्तो गतिविधिले गर्दा आफुहरुको भविष्यनै अन्यौल पो हुने हो कि भन्ने चिन्ता विद्यार्थीमा बढ्न थालेको छ ।

एक त समयमा नतिजा ननिकाल्नाले अव के गर्ने भन्नेमा विद्यार्थीहरुमा अन्यौलता बढिरहेको थियो । यही बेला पूःन परिक्षा गराउँदा मानसिक असर पर्न थालेको विद्यार्थी संगठनका पदाधिकारीहरु बताउँछन् । उत्तर पुस्तिका जस्तो सम्वेदनशिल विषयमा त्रिभूवन विस्व विद्यालय तथा परिक्षा नियन्त्रण कार्यालयको हदै सम्मको लापर्वाहि भएको र यसको छानविन गरि कार्वाहि हुनुपर्ने उनीहरुको माग रहेको छ । जसकालागि क्याम्पसमा आज नेविसघं र अनेरास्ववियूले विरोधको कार्यक्रम समेत गरेको थियो ।

अघील्लो वर्ष देशभर एकै साथ सञ्चालन भएको परिक्षा र यसमा कुनै एउटा मात्रै क्याम्पसको सबै उत्तर पुस्तिका गायप हुनुमा संकाको दृष्टिकोणले हेरिएको छ ।
यस सम्बन्धमा दमक बहुमुखी क्याम्पसको प्रशाषनले त्रिभूवन विस्व विद्यालयले उत्तर पुस्तिका काट्न लगेका प्राध्यापक दुर्घटनामा परेको र ती प्राध्यापक अहिले पनि अस्पतालमै भएकोले पूःन परिक्षा गराउनु पर्ने बाध्यता परेको क्याम्पस प्रमुख प्राध्यापक डाक्टर नेत्र बुढाथोकीले बताउनु भयो ।
ती प्राध्यापकले बोकेको सामान समेत नभेटिएका कारण पूःन परिक्षा गराउन पाउने प्रावधानलाई आधार बनाएर परिक्षा लिइएको जवाफ त्रिविबाट आएको क्याम्पसले जनाएको छ ।

भिडियो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

इलाम दुर्घटना: धन्न मानवीय क्षति भने भएन

इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।

त्रिविका क्याम्पसहरूबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सबै आंगिक क्याम्पसहरूबाट दलनिकट विद्यार्थी संगठनका संरचनाहरू हटाउन निर्देशन दिएको छ। विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सोमबार

किसानलाई राहत कि केवल सरकारी औपचारिकता ?

काठमाडौं १५ असार ।  नेपालमा आज (असार १५) २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइँदै छ । ‘मानो रोपेर मुरी फलाउने’ महिनाको

प्र्यांकको नाममा समाजलाई त्रास बनाउने खेल कहिलेसम्म

झापा १५ असार । पछिल्लो समय सामाजिक सञ्जालमा प्र्यांकको नाममा देखाइने केही गतिविधिले एउटा गम्भीर प्रश्न खडा गरेको छ—हामी मनोरञ्जन गरिरहेका छौँ कि समाजमा डर

सुस्ता क्षेत्रको विवाद अझै समाधान हुन सकेन : भीम रावल

काठमाडौं ,१५ असार । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपाल जस्तो संवेदनशील भूराजनीतिक अवस्थाको देशले आफ्नो राष्ट्रिय हित र सीमाको सुरक्षामा अडान लिनुपर्ने बताउनु

बेरुजु दोहोरिनु वित्तीय अनुशासनका लागि गम्भीर चिन्ताको विषय : सभामुख अर्याल

काठमाडौं , १५ असार । सभामुख डोलप्रसाद अर्यालले वर्षेनी एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन, सुशासन र सार्वजनिक उत्तरदायित्वका दृष्टिले गम्भीर चिन्ताको विषय भएको बताउनु