महामारीमा सहयोग

लायन्स क्लव र दमक उद्योग वाणिज्य सघंले दमक अस्पताललाई दिएका उपकरण कती मुल्यवान ?

 

दमक/
एउटा आइसियू भेण्टिलेटर, दुई थान एन आइ भि -( वि पाप विथ ह्यूमेडिफायर), २० थान सि पाप मास्क, २० थान बेन सक्र्यूट, २ थान एन आइ भि -( वि पाप विथ आउट ह्यूमेडिफायर), । ५ वटा अक्सिजन कन्सन्ट्रेटर दमक असपतालको मातहतमा रहेको कोभिड उपचार केन्द्रका लागि हस्तानतरण गरियो । लायन्स क्लव अफ इन्रटनेशनल फाउण्डेसन र दमक उद्योग वाणिज्य सघंले सञ्चालन गरेको महामारी नियन्त्रण अभियान मार्फत यी सामाग्रीहरु अस्पताललाई वितरण गरिएको हो ।

दमकमा कोरोनाको जोखिम बढेसँगै यसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भन्नका लागि ती सामाग्री वितरण गरिएको वाणिज्य सघंको महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईले बताउनु भयो ।

उपरोक्त सामाग्रीहरु आइसियू भेण्टिलेटरको मुल्य १८ लाख ८ हजार, एन आइ भि -( वि पाप विथ ह्यूमेडिफायर) २ थानको २ लाख ८२ हजार ५ सय, २० थान सि पाप मास्कको मुल्य ९० हजार, २० थान बेन सक्र्यूटको मुल्य ५६ हजार ५ सय, २ थान एन आइ भि -( वि पाप विथ आउट ह्यूमेडिफायर)को मुल्य १ लाख ६७ हजार २ सय ४० र ५ वटा अक्सिजन कन्सन्ट्रेटरको मुल्य ७ लाख २५ हजार रुपैँया पर्यो । यसको कुल लागत ३१ लाख २९ हजार२ सय ४० रुपैँया हो । यसमा खरिद गरिएको भ्याट समेत समावेश गरिएकोले शुल्क केहि महगो देखिएको जनाइएको छ ।


यी समामाग्री खरिद गर्दा जति मुल्य परेपनि यसले मानव जिवन बचाउँन महत्वपूणर् भूमिका खेल्ने भएकोले यसको मुल्य उल्लेखीत शुल्क भन्दा धेरै माथी मुल्यवान हुने हस्तान्तरण कार्यक्रमका वक्ताहरुले बताउनु भएको थियो । यसले कसैको जिवन बचोस भन्नका लागि अभियाननै चलाएर हस्तान्तरण गरिएको उहाँहरुको भनाई थियो ।

संघको सभाहरुमा लायन्सका राष्ट्रिय लिडर तथा दमकका लिडहरु, दमक उद्योग वाणिज्य सघंका पदाधिकारी एवं व्यवसायीहरुको उपस्थितीमा शुक्रवार एक कार्यक्रम गरि ती स्वास्थ्य सामाग्रीहरु नगर प्रमुख रोमनाथ ओलीलाई हस्तान्तरण गरिएको थियो ।
सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ ए वानका डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।निजी क्षेत्र,संघसंस्था,व्यक्तिहरु तथा लायन्स क्लवको सहयोग जुटाएर ती स्वास्थ्य उपकरणहरु प्रदान गरिएको उद्योग वाणिज्य संघकद्धारा सञ्चालीत महामारी नियन्त्रण अभियानका संयोजक प्रकाश प्रसाईले जानकारी दिनुभयो । उहाँले दमकमा छुट्टै अक्सिन प्लाण्टका लागि पनि पहल भइरहेके समेत बताउनु भएको छ । सो प्लाण्ट दमक २ खरखरेमा रहेको आम्दा अस्पतालमा राखीने पनि उहाँले जानकारी दिनुभयो ।


संघले सहयोग जुटाउन संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईंको संयोजकत्वमा कोरोना महामारी नियन्त्रण अभियान गठन गरेको थियो ।अभियानका संयोजक प्रसाईंका अनुसार दमकका उद्योगी,व्यवसायीका तर्फबाट रु ७ लाख ७७ हजार र अन्य रकम भने लायन्स क्लव अफ इन्टरनेशनलको परियोजनाबाट सहयोग जुटाईएको थियो । यो परियोजना झापाको अन्य स्थानमै जाने वाला थियो । तर यहाँरहेका लायन्सकर्मीहरुको अथक पहल र प्रयासले दमकमा पर्न सकेको लायन्स क्लव अफ इन्रटनेशनल डिस्ट्रिक ३२५ ए वानका डिस्ट्रिक गभर्नर रेवत कार्कीले जानकारी दिनुभयो ।


नगरपालिकालाई प्राप्त उक्त स्वास्थ्य उपकरणहरु दमकको एकमात्र सरकारी अस्पताल दमक अस्पताल मातहतको कोभिड उपचार केन्द्रमा जडान गरिने छ । यस प्रकारको सहयोगले दमकको कारोना नियन्त्रणमा केहि मद्यत पुग्ने विस्वास दमक नगरपालिकाको छ । महामारीका बेला दमक उद्योग वाणिज्य सघं र लायन्सकका गतिविधि सराहनिय रहेको भन्दै दमक नगरपलिकाका प्रमुख रोमनाथ ओलीले प्रसषां पनि गर्नु भयो ।

महामारीमा पनि यसरी सहयोग जुटाएर दमकमा बढि रहेको कोरोना नियन्त्रणमा साथ दिएकोमा वाणिज्य सघं र लायन्सकर्मीहरुको प्रसंषा जति गर्दा पनि कम हुने उहँले बताउनु भएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न क्रस रिभर बैंकको नयाँ अभियान

काठमाडौं,१३ असार । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा

धनुषामा पेस्तोल र गोलीसहित दुई जना पक्राउ

जनकपुर,१३ असार । धनुषामा पेस्तोलसहित २ जना पक्राउ परेका छन् । जिल्लाको जनकपुरधाम उपमहानगरपालिका ०९ थापा चोकस्थित एक होटलबाट शनिबार –आज) पेस्तोल, इगल र्याप्टर लेखिएको

राप्रपा महाधिवेशन मंसिर २६ देखि २८ सम्म काठमाडौंमै हुने, मिति सर्दैनः राजेन्द्र लिङ्देन

काठमाडौं,१३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताउनु भएको

फुटबलरकी श्रीमतीसहित ९२० भन्दा बढीको मृत्यु!

काराकास,१३ असार । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा एक आमाले आफ्नी सानी छोरीलाई बचाउने क्रममा ज्यान गुमाउनु भएको छ। स्थानीय सञ्चारमाध्यम र भेनेजुएलाका फुटबलर हेक्टर बेलोका

लुकाकु बने विश्वकपमा बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडी

काठमाडौं,१३ असार । बेल्जियमका अनुभवी फरवार्ड रोमेलु लुकाकु फिफा विश्वकप इतिहासमा बेल्जियमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्नु भएको छ। क्यानडाको भ्यानकुभरमा शनिबार सम्पन्न फिफा विश्वकप