" जनउत्तरदायी जनप्रतिनिधी"

टोल टोलमा जनप्रतिनिधीः सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरणमा सहजिकरण

 

दमक/
अहिले कोरोनाको जोखिम छ । जसले गर्दा सकभर बाहिर फेर हिडडुल गर्नु हुदैन । यस्तो अवस्थामा सरकारले ल्याएका विभिन्न कार्यक्रममा सहभागी हुनुपनि पर्ने छ । पछिल्लो समय सामाजकि सुरक्षा भत्ताको परिचयपत्र नविकरण गर्नु भनेर सरकारले सुचना जारी गरेको छ । एकतिर यस्प्रकारको सुचना जारी गर्छ भने अर्को तर्फ निषेधाज्ञा पालना गर्नु भन्ने आदेश पनि जारी गर्छ । यस्तो दुविधाका विचमा झापा दमकका केहि जनप्रतिनिधी भने नागरिकलाई दुःख नहोस भनेर घर-घरमै गएर सामाजिक सुरक्षा भत्ता नविरकण गराउँदै आएका छन् ।

झापाको दमक ५ निवासी चक्र बहादुर भण्डारी ७२ वर्षको पुग्नु भयो । उहाँले २ वर्ष अघीदेखि जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन थाल्नु भएको हो । यसैगरि अघिल्लो वर्षबाट उहाँकी श्रीमती लक्ष्मी देवि भण्डारीले पनि जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता लिन सुरु गर्नु भएको हो । यो भत्ता लिन आवश्यक पर्ने परिचयपत्र वर्षेनी नविकरण गर्नुपर्ने हुन्छ । अघिल्ला वर्षहरुको अवस्था सामान्य थियो । लाभग्राहि स्वंम वडा कार्यालय वा नगरपालिकाको कार्यालयमा पुगेर नविकरण गर्दथे । तर यो पटक कोरोना कहरका कारण परिस्थिती सहज छैन । त्यसैले जनप्रतिनिधी घर घरमै गएर लाभग्राहिको परिचयपत्र नविकरण गर्न थालेका छन् । यसरी घरैमा जनप्रतिनिधी आउँदा आफुहरु जोखिम मोलेर वडा तथा नगर सम्म धाउनु पर्ने समस्याको समाधान भएको लाभग्राहि भण्डारीले प्रतिकृया दिनु भएको छ ।

यस्तै ५४ वर्ष पुग्नु भएकी धनकुमारी मगर एकल महिला हुनुहुन्छ । उहाँको पनि घरमै पुगेर दमक नगरपालिका वडा नं ५ का जनप्रतिनिधीहरुले सामाजिक सुरक्षा भत्ताको परिचपत्र नविकरण गराइदिनु भएको छ । कार्यालयमा जाँदा घरि कुन कोठा केहि कहाँ र कुन कुन फाँट भन्दै चार्नु पर्ने हुन्थ्यो । तर यसरी आफुले चुनेर पठाएका जनप्रतिनिधीहरु आफुहरुको कामका लागि घर घरमै आउँदा निकै खुसी लागेको मगर बताउनु हुन्छ ।
अघिल्ला वर्षहरुमा वडाका कर्मचारीहरुले सामाजिक सुरक्षा भत्ताको परिचयपत्र आफै नविकरण गरेर केन्द्रमा पठाउँथे । यसो गर्दा कस्को अवस्था कस्तो छ भन्ने कुराको यकिन भएन र आउने सुविधामा पनि अपचलन हुन थाल्यो । त्यसैले यो समस्यालाई समाधान गर्न यो वर्षबाट लाभग्राहिले आफै हस्ताक्षर र औँठाछाप गरेर पठाएको कागजको प्रमाणीकरण पछि मात्रै आधिकारिकता हुने प्रावधान आएपछि लाभग्राहिको उपस्थिती अनिवार्य भयो । तर अहिले सबै लाभग्राहि वडा तथा नगरपालिकामा आउँदा भिड बढ्न सक्ने र कोरोनाको जोखिम हुने भएकोले घर घरमै गएर सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गराइएको दमक नगरपालिका वडा नं ५ का वडाध्यक्ष इन्द्र गुरुङ्गले बताउनु भयो ।-
दमकमा ७ हजार ३२ जनाले सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नविकरण गर्न बाँकी छ । अहिले यो काम निरन्तर चलिरहेको छ । ऐन अनुसार कार्तिक मसान्त सम्ममा नविकरण गरिसक्दा पनि हुने भएपनि लाभग्राहिले पाउने आर्थीक वर्षको पहिलो किस्ताका लागि भदौ मसान्त सम्ममा नविकरण गरिसक्नु पर्ने राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले परिपत्र गरे अनुसार दमकमा अहिले धमाधम नविकरण भइरहेको छ । त्यसैले भदौ महिनाभित्र सबैले नविकरण गरिसक्नु पर्नेृ छ । नविकरण गर्न छुटेमो पहिलो किस्ताको रकम असोजमा नपाउने नगरपालिकाले जनाएको छ । यो वर्ष १ सय २९ जना ले नयाँ फारम भरेको दमक नगरपालिकाका सुचना अधिकारी समिप चुँडालले जानकारी दिनुभयो ।-

Share: