माईमेलाको मज्जा

झापाको माई मेला : दशनार्थीको घुँँइचो, मेला लागेकै ठाउँमा पुल निर्माण, राजमार्गमा विना अवरोध सवारी चल्दै

 

दमक/
झापाको कनकाई-माई नदी किनारमा लागेको माई मेलामा भक्तजनहरूको घुइँचो लागेको छ । आज मकर अर्थात् माघे सङ्क्रान्ति हो । हरेक वर्ष आजको दिन स्वतःस्फूर्त रुपमा कनकाई-माई नदी किनारमा भव्य मेला लाग्दै आइरहेको छ ।

धार्मिक आस्था र विश्वास राख्ने भक्तजनहरूले मकर सङ्क्रान्तिका दिन सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप तप, तीर्थ, व्रतलाई उत्तम मानिन्छ । त्यसैले नदीमा नुहाएर पूजाआर्चना गरे आफूले चिताएका मनकामना पूरा हुने धार्मिक विश्वास रहेको भक्तजनहरू बताउँछन् । आइतबार बिहानैदेखि नदी किनारमा पूजापाठ गर्नेहरूको घुइँचो छ ।

विगतमा तीन दिन लाग्दै आएको मेला अहिले पाँच दिनसम्म लाग्ने गरेको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको संयुक्त आयोजनामा नदीको दुवै किनारमा मेला लगाइएको छ ।

कनकाई पुल पूर्वपट्टि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल र कनकाई पुल पश्चिमपट्टि शिवसताक्षी नगर प्रमुख मेघा हाङ थोप्राले मेलाको उद्घाटन गरेका थिए ।

मेलामा रोटेपिङ, विभिन्न खेल तमासा, ब्रेकडान्स, बटर फ्लाई, कोलम्बस, विभिन्न जातजातिका झाँकी, कला साहित्यका विविध कार्यक्रम आयोजना गरिएको छ । माई मेलामा यो वर्ष २ लाख तीर्थयात्री मकर स्नान गर्न आउन सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

मेलाका कारण पूर्व पश्चिम राजमार्ग अन्तरगतको कनकाई नदीको पुलमा भिडभाड नियन्त्रणका लागि नदीमै आयोजक समितिले काठको पुल निर्माण गरेको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिनुभयो ।

मेलाको सुरक्षा व्यवस्था कडा बनाइएको बताउँदै डीएसपी पाठकले भने, ‘कनकाई पुल पारीवारि दुई डीएसपीको नेतृत्वमा तीन सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।’ राजमार्गमा ट्राफिक व्यवस्थाका लागि ट्राफिक प्रहरी र मेला स्थलमा सादा पोसाकमा पनि प्रहरी खटाइएको उनले बताए । माई मेलामा झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ लगायत भारतको सिलिगुडी, सिक्किम, दार्जिलिङ, असाम, मणिपुर लगायत भुटानबाट पनि भक्तजनहरू आउने गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल