लक डाउनको प्रभाव

लक डाउन गर्दा चेन ब्रेक भयो त दमकमा ? चिकित्सक भन्छन् अव सबैक्षेत्र खुल्ला गरौ ।

 

दमक/
झापाको दमक कोरोना जोखिमको दृष्टिमा जिल्लाकै अग्रणी नगरपालिका हो । यहाँ दैनिक कोरोना संक्रमित मात्र थपीरहेका छैनन् । मृत्यू हुनेहरु पनि बढि रहेका छन् । यसको चेन ब्रेक गर्न भन्दै नगरपालिकाले लगाएको लक डाउन अहिले सकिएको छ । सबै क्षेत्र अव खुल्न थालेका छन् । तर चेन ब्रेक नै नगरि खुलाइएको दमकमा अहिले जोखिम कम भएको हो त ?

दमक नगरपािलकाले ३ हप्ता चाहि पूणर् लक डाउन गरेको दावी गरेको छ । गत साउन ११ गते देखी साउन ३२ गते सम्म । जिल्ला प्रशाषन कार्यालयको समन्वयमा नगरपालिकाले बजार तथा अनावश्यक हिडडुललाई नियन्त्रण गरेको दमक नगरपालिकाको भनाइ छ । यो अविधमा कोरोनाको चेन ब्रेक नभएपनि परिक्षणणको दर बढेको र संक्रमितको दरमा केहि कम भएको दावी दमक नगरपालिकाको छ । नगरको स्वास्थ्य शाखाका कुबेर भट्टराईले लक डाउन गर्नु अघि सम्ममा परिक्षण गरिएको कल संख्याको ६० प्रतिशत सम्ममा संक्रमण देखिनेमा अहिले यो प्रतिशत घटेर १८ मा आइपुगेको छ । अस्पतालमा देखिएको चापपनि केहि कम भएको दावी सहितको फेहरिस्त उहाँले सुनाउनु भयो ।

बुधबार दमकमा कोरोनाको जोखिम र अव के गर्ने भन्ने सर्वपक्षीयल छलफलको अयोजना गरिको थियो । यसमा बोल्ने अधिकांस वक्ताले कोरोना विरुद्धको खोप लगाउने कामलाई थप सकृयता दिन र यसको व्यवस्थापनमा जोड दिदै सबै क्षेत्र खुल्ला गर्नु पर्ने सुझाव दिएका थिए । एनेस्थेसियोलोजिष्ट डा. नबिन ढकालले काम गर्न आवश्यक केहि पूर्व तयारीको योजना बनाउन लक डाउन गर्नु पर्ने हो तर अव यसको आवश्यकता र औचित्य नभएको बताउनु भयो । त्यसैले उहाँको सुझाव छ आफ्नो सुरक्षा आफै गर्ने भन्दै सबै क्षेत्रलाई चलायमान नगर्ने हो भने अन्य क्षेत्र पनि संकटमा पर्न सक्छ त्यसैले अव लक डाउनका नमामा केहि पनि बन्द नगराउँ ।

कोरोनाबाट बच्ने उपाय भनेको अव लक डाउन होईन । यसको विरुद्धमा लगाइने खोप नै हो । त्यसैले जतिसक्दो धेरै खोपको माग गर्ने र लक्षीत जनसंख्यामा खोप लगाउने कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको सुझाव छ । स्वास्श्य शाखा प्रमख रामबृक्षा चौधरीले दमकमा जतिसक्दो धेरै खोप ल्याउने पहल भै रहेको बताउनु भएको छ । तर केन्द्र सरकारले प्रदेश १ मा खोप नपठाएको भन्दै उहाँले आक्रोस पनि व्यक्त गर्र्नु भयो ।

दमकमा कोभि सिल्ड, भेरोसेल र जोन सोन एण्ड जोन सोनका खोपहरु विभिन्न चरणमा गरि लगाइसकिएको छ । ५० वर्ष उमेर भन्दा माथीका सबै नागरिकलाई कम्तिमा पनि एक डोज खोप लगाइएको नगरपालिकाले जनाएको छ । नेपाल सरकारबाट प्राप्त खोप तोकिएका समुहलाई व्यवस्थित र सुरक्षीत बनाएर लगाइने जनाइएको छ ।z

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

श्रम संस्कृतिको पहिलो बैठकमा सुदन किरातीको २४ बुँदे फरक प्रस्ताव

विराटनगर , १७ भदौ। श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई व्यवस्थित र संस्थागत गर्न २४ बुँदे प्रस्ताव पेस गरेका छन् ।बुधबार पार्टीको केन्द्रीय

काठमाडौँ उपत्यकामा कसरी भित्रिँदै छ ग्यास ?

काठमाडौँ , भदौ १७। अविरल वर्षापछिको आएको बाढीका कारण देशकै मुख्य लाइफलाइन (नागढुंगा–मुग्लिन सडक खण्ड) क्षतविक्षत् बनाएपछि काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तु र इन्धनको आपूर्ति

इन्टर्नशिपका लागि गएका शिशिर सम्पर्कविहीन, कलेजको भूमिकामाथि परिवारको प्रश्न

 काठमाडौँ , भदौ १७। काठमाडौं विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ अध्ययनरत शिशिर गिरी साउन २८ गते रसुवा लागेका थिए । रसुवा जानुको उद्देश्य माथिल्लो त्रिशूली ३बी मा

मंसिर २१ देखि २३ सम्म महाधिवेशन गर्ने देउवा पक्षको तयारी

काठमाडौं ,१७ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन आगामी मंसिरमा गर्ने प्रस्ताव गरेको छ। बुधबार चुनदेवीमा जारी बैठकमा मंसिर २१ देखि

झापाको मुस्लिम समाज विकास प्रतिष्ठानद्वारा प्रधानमन्त्री राहत कोषमा १ लाख २८ हजार जम्मा

बिर्तामोड,१७ भदौ  । भदौ १० गतेको भीषण बाढी तथा विपदबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि मुस्लिम समाज विकास प्रतिष्ठान झापाले १ लाख २८

झापामा सीमा निगरानी र तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरीद्वारा ‘गोप्रो क्यामेरा’ प्रयोग

झापा ,१७ भदौ । सीमा सुरक्षा, सूचना सङ्कलन तथा निगरानीलाई थप प्रभावकारी बनाउन झापामा सशस्त्र प्रहरीले अत्याधुनिक ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ।सशस्त्र प्रहरी बल, नेपाल